शनिबार १५ माघ २०७८

काठमाडौ । नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेको बेलामा आफ्ना पक्षमा सांसदहरु पार्न एमालेका दुवै पक्ष अहिले कम्मर कसेर लागेका छन् । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीवाट हटाउन र काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।

यस अघि १९ र त्यस पछि २७ जना हस्ताक्षर गरेको बताइएको थियो । अहिले त्यो संख्या बढेर ३० पुगेको छ । माधव नेपाल अन्य सांसदहरुलाई पनि मनाउने प्रयासमा छन् ।
माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हस्ताक्षर गर्ने नेपाल पक्षका सांसद ३० पुगेको बताएकी छन् । आइतवार २१ सांसदले हस्ताक्षर गरेका थिए । सोमवार थप ९ सांसदले हस्ताक्षर गरेको उनको दावी छ ।

यसरी देउवाको पक्षमा हस्ताक्षर गर्नेहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपानेलगायत ३० जना रहेका छन् ।

सोमवार हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेकोमा यो संख्या अहिले थपिएको हो। अहिले माधव नेपाल पनि सिंहदरबारमा पुगेकासर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले तयार पारेका छन् । रिट सोमवार दायर हुनेछ।

२४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया