पोखरा- पोखरा गत बैशाख २१ गते देखि लकडाउनमा छ । अति आवश्वक बाहेक अन्य सवारी तथा व्यवसाय खुलेका छैनन् । जिल्ला प्रहरी कार्यलय कास्कीले लकडाउनलाई अझ कडाई गर्न थालेको छ ।मानिसहरु घरबाट बिभिन्न बाहना बनाएर बाहिर निस्कन थालेपछि प्रहरीले कडाई गर्न थालेको हो । अझ मानिसहरु मर्निङ तथा इभिनिङ वाकको नाममा बाहिर निस्केपछि पोखराका त्यस्ता ठाउँहरुमा प्रहरीले निगरानी गर्न थालेको छ ।
बिशेषत प्रेम गर्ने जोडिहरु जाने भनेर चिनिएको पोखराको लब्ली डाँडामा प्रहरीले आफ्नो निगरानी बढाएपछि त्यहा रहेका सर्यौ मानिसहरुको भागाभाग भएको थियो ।बेलुकी पख हावा खाने निहुमा पनि लब्ली डाँडामा धेरैको संख्या बढ्न थालेपछि लकडाउनको बेला भएका यस्तो कार्यलाई निरुत्साहित पार्न कास्की प्रहरी लागि परेको छ । हेर्नुहोस् यो भिडियो ।