शुक्रबार २७ साउन २०७९

बिबिसीले विश्वभरि विशेष योगदान दिने १०० शक्तिशाली महिलामध्ये नेपालकी १९ वर्षीय सपना रोका मगरलाई पनि छानेको थियो। उनले बेवारिसे ला’सलाई व्यवस्थापन गर्दै आइरहेकी छिन्।यसरी संसारले चिनिसकेको सपनालाई सरकारले थप प्रोत्साहन दिनु त कहाँ हो कहाँ उल्टै काम गर्दै आइरहेकी सपनालाई अर्थ मन्त्री जस्तो व्यक्तिले उल्लु बनाउँछन् भन्ने सुन्दा कसलाई राम्रो लाग्छ र! सरकारले सहयोग गर्ने आश्वासन त दियो तर सहयोग नगरीकन उल्लु बनायो।

एउटा ला’स व्यवस्थापन गर्दा दर्ता गर्नेदेखि लिएर एम्बुलेन्स चार्ज र जलाउने दाउराको समेत गरि एक जनाको लगभग १० देखि १२ हजारसम्म लाग्ने गर्दछ। यो सबै रकम सहयोग जुटाएर ल्याउनु त्यति सजिलो काम छैन। यस अघि सरकारले विदेशबाट आएका र नेपालमै भेटिएका ला’सहरू सदगद गर्दा कुनै पनि शुल्क नलाग्ने भनेर बोलेतापनी अहिले सम्म त्यसको कार्यन्वयन भएको छैन। बरु सहयोग गर्न नसकेपनी कम्तीमा आएर हेरिदिएपनी आफूलाई धेरै प्रोत्साहन हुने कुरा बताउँछिन् सपना।

उनी भन्छिन्,”ला’स व्यवस्थापन सोचे जस्तो त्यति सहज छैन,सबैभन्दा पहिले बेवारिसे ला’स खोज्नको लागि अस्पतालमा र अन्य ठाँउमा जानुपर्छ।त्यसपछि प्रहरीसँग समन्वय गरेर बेवारिसे पहिचान गरेर मात्रै ला’स जिम्मा लिनुपर्ने हुन्छ। प्रहरीले पनि ला’सको पहिचानको लागि सबैतिर खोजी गर्दछ र अन्त्यमा कोहि आफन्त नभेटिएपछि अस्पताललाई जानकारी गराएर हामीलाई बुझ्न दिन्छ। र हामीले लासको सम्पूर्ण व्यवस्थापनको लागि तयार हुनुर्दछ। सबैखाले व्यवस्थापन सकेर आगोको रा’पमा बसेर खुट्टा समेत पो’लिँदै जलाउने कार्य त्यति कम चुनौतीपूर्ण छैन।”

उनी भन्छिन्,”हामीले सदगद गरेका अधिकांश बेवारिसे ला’सहरू बिशेषगरी लागू औषधमा लागेर परीवारबाट बाहिरिएकाहरू लगभग ९५% जति हुने गर्दछन्।कतिपय परीवारका सदस्यहरू ला’स ज’ला’इरहँदा परबाट हेर्नुहुन्छ तर आफ्नो इज्जतको डरले नजिकसम्म आउनुहुन्न।यस्तो दृश्य देख्दा चाहिँ सारै दु’ख लागेर आउँछ। मृ’त्युु भैसकेपछी पनि आफ्नो घरको सदस्य भन्न समेत नचाहनेलाई खै के नै पो भन्न सकिन्छ र! ”

सपना रोका मगर को हुन् ? हिजोका दिनसम्म कसैले चिन्दैन थिए । नजिकबाट चिन्नेले घृणा गर्थे सपनालाई । उनीहरुले भन्थे, ‘छ्या, यस्तो काम पनि गर्ने हो ?’ सिमित व्यक्तिले सपनालाई ‘साहसी युवती’ भन्दै तारिफ गर्थे । तर, सपनालाई न तारिफको जरुरत थियो, न त कसैको घृणाबाट विलचित नै थिइन् । विश्वव्यापी म’हामा’रीको रुपमा फैलिएको कोरोना संक्रमणबिच पशुपति आ’र्यघा’टमा वेवारिसे श’व ज’ला’इरहेकी हुन्थिन् । जलिरहेका श’वको धुवाँसँगै उनी कर्ममा हराउँथिन् ।

तर, सपनाको परिचय बदलिएको छ । घृणा गर्नेहरु तारिफ गर्न थालेका छन् । ‘वाह, नारी हुन सपनाजस्तो, जसले आफ्नो गाउँमात्र नभएर देश नै चिनाइन्’ हिजो सपनाको कामलाई अवमूल्यन गर्नेहरु अहिले भन्न थालेछन्, ‘सेवा गरेपछि मेवा पाइन्छ, सपनाको साकार भयो सपना ।’ तर, सपनाको विश्वमा चिनिने न सपना थियो, न त उद्देश्य नै ।

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी हुन्। बेवारिसे श’वको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छन्। म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा बुकेनीकी रोका मगर हरेक वर्ष संसारभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा परेको खवरले उत्साहित भएको बताएकी थिइन्।

पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारमा विभाजन गर्दै १०० महिलाको सूची सार्वजनिक गरिएकोमा सपनालाई काठमाडौ लगायत देशभरका बेवारिसेको श’व दा’ह’सं’स्कारसँग जोडेर चर्चा गरिएको छ। अहिले आफन्तको घरमा बागलुङमा रहेकी उनले आफ्नो नाम छनौटमा परेको सूचना पाएको बताइन्। ‘बेवारिसे ला’सलाई दा’गब’त्ती दिँदा मैले यो सम्मानको अपेक्षा गरेको थिइन’ रोका मगरले भनिन्। उनले आफ्नो पूरानो दैनिकीसँगै नयाँ कार्यबाट समेत विश्वभरका महिलाका लागि प्रेरणाको स्रोत बन्ने अवसर यो छनौटले दिएको बताइन्।

सपनाले २०७३ सालमा गाउँकै महेन्द्ररत्न माध्यामिक विद्यालयबाट एसईई दिएकी थिइन्। त्यसपछि गाउँ छाडेकी उनी सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भइन्। बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रिएपछि केही समय बुटवल र पोखरा बसिन्। गलत संगतमा फसेपनि सपनाले कक्षा १२ सम्मको पढाई सकेकी छन्। जीवनसँग हारिसकेकी अवस्थामा आ’त्मह’त्या’को तयारी समेत गरिन्। उनले आफ्नो पुरानो जीवन कु’लतमा फसेपनि अव बाँकी जीवन समाजसेवामा लाग्ने बताइन्। आ’त्मह’त्या असफलता माथिको सफलता नभएको भन्दै संघर्ष गरेर सफल बन्ने निधो गरिन्। उनले परिवारबाट गु’मेको आफ्नो परिचय स्थापित गर्न सामाजिक कार्यमा निरन्तर सक्रिय भइन्। अहिले विगत आफ्नै नाम जस्तै लाग्न उनले परिवारसँग विगतमा गरेका ग’ल्तीको क्षमायाचना गदैं बेवारिसेहरुको सेवामा लाग्ने प्रतिबद्धता समेत जनाइन्।

ललितपुरमा बस्दै आएकी सपनाले दैनिकजसो पशुपतिमा पुगेर आफ्नो जिम्मेवारी पुरा गर्ने गरेकी छन्। दैनिकजसो काठमाडौको पशुपती आर्यघाट आसपासमा भेटिने गरेकी सपना बेवारिसे अवस्थामा भेटिएका श’वको आफन्त बनेर दा’गब’त्ती दिन्छिन्। पशुपतिमा सधै मृ’त’कका परिवार, आफन्तको रू’वाबासी हुने, मलामीको भिडभाड नजिकै उनले दा’गब’त्ती दिने चिता आसपासमा न कसैको रु’वाबा’सी, न कुनै भीड हुन्छ। ‘कुनै समय म पनि सडकमै थिए,‘सडकमा बस्दाको अनुभव मलाई पनि छ’ उनले भनिन्।

आ’र्यघा’टमा श’व ज’लाउँदा मास्क लगाएर, हातले नाक थुनेर आवतजावत गर्दा सपनालाई केही हुदैन। विभिन्न ठाउँमा फेला परेका बेवारिसे श’व पोष्टमार्टम गरेर दु’र्गन्ध फैलिएको श’वलाई पनि दाउरा र पराल मिसाएर तयार गरिएको चि’तामा दा’गबत्ती दिने गरेकी छन्। ‘अपरिचित ला’समा दा’गब’ति दिँदा मृ’त आ’त्माले शा’न्ति पाउँछ,‘म’रेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ’ उनले भनिन्। बेवारिसलाई जमिनमा गाड्न खोज्दा समेत धार्मिक परम्परा अनुसार नै दा’गव’त्ती दिनुपर्छ भनेर समेत अडान लिएको उनको भनाई छ। उनले हालसम्म १ सय बेवारिसे श’व’मा दा’ग’ब’त्ती दिएकी छन्।कृपया उनै सपना रोका मगरसँग गरिएको कुराकानी हेर्न तल भिडियो दिइएको छ हेरेर कमेन्ट अवश्य गरिदिनुहोला।धन्यवाद!

३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया