आइतबार १९ चैत्र २०७९

काठमाडौं। कुनै समय चलचित्र क्षेत्रमा आफ्नो राम्रो स्थान बनाएका नायक राजबल्लभ कोइराला अहिले चलचित्र क्षेत्रबाट टाढा छन् । चलचित्र क्षेत्रलाई माया मार्दै उनी अमेरिकामा पुगेका छन् । नेपाली कलाकारका लागि सपनाको देश बनेको अमेरिकामा राजवल्लभको जीवन सुखमय तरिकाले बितिरहेको छ ।

दुई दर्जन चलचित्रमा काम गरिसकेका राजबल्लबको ‘पर्खि बसे, छोडी गए पाप लाग्ला, सम्झना, हाँसी देउ एक फेर’ रिलिजको समयमा गज्जब क्रेज थियो । तर, चलचित्र क्षेत्रमा नयाँ पुस्ताको प्रवेशसँगै उनको क्रेज खस्कियो । क्रेज खस्कदै गएको बेलामा उनले हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’मा काम गर्ने अवसर पाए र यही चलचित्रको सिलसिलामा अमेरिका पुगे ।

राजबल्लभले अमेरिकमा नै बिबाह पनि गरिसकेका छन् ।लामो समयदेखी अमेरिकाको बाल्टीमोरमा बस्दै आएका अभिनेता राजबल्लभ कोईराला नेपालमा रहँदा लोकप्रिय थिए । उनि अमेरिका गएयता नेपाली चलचित्रमा देखिएका छैनन् । अमेरिकामा उनले एक बैंकको आईटि सेक्सनमा काम गर्छन् ।

उनले कमै मात्र नेपालीले पाउने सुविधा सहित काम गर्छन् । राजबल्लभ त्यति धेरै मीडियामा आउन रुचाउँदैनन् । यसैबीच उनको एक भिडियो कुराकानी सार्वजनिक भएको छ । कुराकानीमा उनको लाईफ स्टाईल, काम, अन्य नेपाली कलाकारहरुको बारे तथा अन्य बिषयमा बोलेका छन् ।भिडियोः

४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया