कलाकारको प्रेम र विवाह सम्बन्धले निकै चर्चा पाउने गर्दछ। नेपाली कलाकारको पनि प्रेम र विवाहको निकै चर्चा हुन्छ। केही यस्ता कलकार छन् जसले विदेशीसँग विवाह गरेका छन्। आज हामी तपाईलाई विदेशीसँग विवाह गर्ने नेपाली कलाकारका बारेमा जानकारी गराउँदै छौँ ।
आउनुहोस् जानौँ को को हुन त विदेशीसँग विवाह गर्ने नेपाली कलाकार
बिपना थापा : अभिनेत्री बिपना थापाको विवाह भारतीय नागरिकसँग भएको छ । भारतको मथुरा निवासी आशुतोष भारद्वाजसँग बिपनाको लगनगाँठो कसिएको हो। २०६३ सालमामा विवाह गरेर भारत छिरेकी विपना अहिले कुसल गृहणीको रुपमा भारतको मथुरामै छिन् ।
हर्षिका श्रेष्ठ : मोडलिङ हुँदै अभिनयमा आएकी अभिनेत्री हर्षिका श्रेष्ठले पनि भारतलाई घर र नेपाललाई माइती बनाइन् । उनको विवाह भारतीय व्यापारी प्रसुन झुनझुनवालासँग भएको छ । हर्षिका र प्रसुनले २०७२ सालमा प्रेमविवाह गरेका हुन् । व्यवसायी प्रसुनको लकत्तामा स्थायी बासिन्दा हुन् । यही कारण विवाहपछि हर्षिका कोलकत्तामै बस्दै आएकी छिन्।
सिम्पल खनाल : मोडलिङमा आफ्नो नामलाई चर्चित बनाए पछि सिम्पल खनालले म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग लगनगाँठो कसिन्। नाम सिम्पल भएपनि मोडलिङमा ग्लामर देखिने उनी पेशामा सजिलै सफलभईन तर पहिलो घरजममा जम्न सकिनन्। धेरै शुभचिन्तकलाई अचम्म बनाउँदै म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँगको बैवाहिक सम्बन्ध सिम्पलले अन्त्य गरिन्। त्यसपछि उनले दोस्रो विवाह विदेशीसँग गरिन्। बेलायत बसोबास गर्ने पाकिस्तानी मुलका व्यवसायी नदिनसँग दोस्रो विवाह गरेपछि सिम्पल पनि बेलायत नै बसाई सरिन् ।
सारङ्गा श्रेष्ठ : सारङ्गी, सुनचाँदी, आगो, मिलन, सिन्दुर पोतेलगायतका सिनेमाहरुमा काम गरेकी अभिनेत्री सारंगा श्रेष्ठ पनि विदेशीसँग लगनगाँठो कस्ने सेलिब्रेटीको सूचिमा पर्छिन् ।जीवनमा दुईपटक विवाहबन्धनमा बाँधिएकी उनको पहिलो विवाह अमेरिकी नागरिकसँग भएको थियो । तर उनको पहिलो विवाह खासै लामो समयसम्म टिकेन। अमेरिकामा बसोबास गर्दै आएकी सारंगाले अमेरिकी नागरिकसँग सम्बन्धविच्छेद गरेर अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका रमेश कार्कीसँग सन् २०१२मा अदालती विवाह गरिसकेकी छिन् । सारंगा अहिले अमेरिकामै छिन् ।
झरना बज्राचार्य : पूर्व मिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्यको विवाह भारतीय मूलका मलेसियन ब्यापारी राहुल अग्रवालसँग भएको छ। विवाहसँगै विदेशीएकी झरना एक सन्तानकी आमा पनि बनीसकेकी छिन्। झरना र राहुलको भेट सिनेमा ‘सेफल्याण्डिङ को छाँयाकंनका क्रममा भएको थियो।
सिपी लोहनी :विदेशीसँग विवाह गर्ने पुराना अभिनेता हुन् सिपी लोहनी जसले भारतीय अभिनेत्री माला सिंहासँग विवाह गरे । भारतमा चर्चित अभिनेत्री माला सिंहा नेपालमा माइती घर चलचित्रको नायिका बन्न आएकी थिइन् । सोहि फिल्मका अभिनेता सिपी लोहनी र माला सिंहाबीच प्रेम बस्यो र उनीहरुले विवाह गरे । मुम्बईमै बसोबास गर्दै आएका सिपी र मालाका छोरी पनि छन् ।
आकाश अधिकारी : विदेशी विवाह गर्नेमा अभिनेता र निर्देशक आकाश अधिकारी पनि पर्छन् । जसकी श्रीमती हुन्, इटलियन नागरिक । नेपाली फिल्म निर्माण र निर्देशनमा सक्रिय आकाश नेपालमा नै बसोकास गर्दछन् ।
सिद्धार्थ कोइराला : विपी कोइरालाका नाती र मनिषा कोइरालाका भाई सिद्धार्थ कोइरालाले पनि विदेशी श्रीमती भित्र्याएका छन् । उनले कजेकस्थानकी प्रेमिकासँग २००८ मा विवाह गरेका हुन् । कोइराला नेपाली चलचित्रका अभिनेता हुन् । उनले फन–क्यान बि डेन्जरस समटाइम चलचित्रबाट बलिउड फिल्ममा डेब्यु गरेका थिए।