सोमबार १० माघ २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनेछन् ।नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा विचाराधीन थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने या नदिनेबारे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद थियो ।

सरकार र जनता समाजवादी पार्टीबीच भएको सहमतिमा अध्यादेशमार्फत नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमति बनेको थियो । त्यसै अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।जसपा र सरकारबीच संविधान संशोधन गर्ने सहमति समेत भएको छ ।त्यसका लागि पाँच सदस्यीय संविधान संशोधन अध्ययन कार्य बनाइएको छ ।नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट गत असारमा पास भएको थियो ।नेपाली नागरिकसँग विवाह गरेर नेपाल आएकी विदेशी महिलालाई दिइने अंगीकृत नागरिकताका विषयमा समितिमा लामो समय सहमति जुट्न सकेको थिएन ।

सहमति हुन नसकेपछि नेपाली कांग्रेस, तत्कालिन राजपा र समाजवादी पार्टीको असहमतिका बीच बहुमतले विधेयक पारित गरेको थियो ।प्रतिनिधि सभा विघटन भएका कारण सरकारले अध्यादेशबाट ऐन संशोधन गरेको हो ।

३३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया