काठमाडौँ/नायिका श्वेता खड्का र उनको परिवारले कोरोना भाइरस माहामारीमा निशुल्क खाना खुवाउने हाम्रो टिम नेपाललाई आर्थिक सहयोग गरेकी छन्।हाम्रो टिम नेपालकी सदस्य इशा गरुङले श्वेताको परिवारले अहिलेसम्म १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको उल्लेख गरेकी छन्।इशाको यही पोष्टलाई शेयर गर्दै नायिका खड्काले फेसबुकमा सामाजिक क्षेत्रलाई आफ्नो अभिनय कर्मले नभई मनले जोडेर राख्न चाहेको बताएकी छन्।
उनले लेखेकी छन्, ‘मेरो क्षमता, गक्षता र सिपले जे भ्याउँछ, त्यही प्रयोग गर्दै मनबाट नै सामाजिक सेवामा होमिने छु। मेरो जीवन रहेसँम्म समाजप्रतिको जिम्मेवारी भूल्ने छैन। यो मेरो प्रण हो।’ उनले अभिनय क्षेत्र सामाजिक जीवनभन्दा फरक भएको उल्लेख गरेकी छन्।
सामाजिक संजालमा उनले लेखेकी छन्,”हो , मेरो अभिनय को क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हाँस्नु पर्छ , मन नलागी नलागी रुनु पर्छ । थाकेको हुन्छु , नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै , गुनगुनाएको जस्तो गर्नु पर्छ । त्यो सिनेमाको एउटा पाटो हो । तर सामाजिक कामको जिम्मेवारी अर्कै छ ।
जहाँ अभिनय भन्दा पनि वास्तविक जिवनको भोगाईमा सम्म्रीसित भईन्छ । अर्काको दु:ख आफ्नै जस्तो लागेर रोइन्छ अनि अर्काको सुखमा हाँसी खुशी रमाइन्छ । जहाँ मन जोडिन्छ नि हजुर ! त्यहाँ भावना मिल्छ ।म, मेरो सामाजिक क्षेत्रलाई मनले जोडेर राख्न चाहन्छु , अभिनयले होईन । मेरो क्षमता, गक्षता र शिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मन बाटनै सामाजिक सेवाको क्षेत्रमा होम्मिने छु । मेरो जिन्दगी रहेसम्म म समाज प्रतिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो ।”