सोमबार १० माघ २०७८

कोरोना महामारीपछिको निषेधाज्ञाबीच बेसहारा बनेकाहरुलाई नियमित खाना खुवाउँदै आएको हाम्रो टिम नेपाललाई अभिनेत्री श्वेता खड्काले १ लाख बढि रकम सहयोग गरेकी छिन् ।

श्वेताले हालसम्म १ लाख ३० हजार रुपैयाँ उक्त टिमलाई सहयोग गरेको हाम्रो टिम नेपाललाई विदेशबाट आर्थिक सहयोगको पाटो हेर्दै आएकी इशा गुरुङले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

पहिलो किस्तामा ५० हजार सहयोग गरेकी श्वेताले दोश्रो पटक पनि ५० हजार र शनिबार थप ३० हजार सहयोग गरेको उल्लेख गरिएको पोष्ट श्वेताले आफ्नै फेसबुकमा सेयर गरेकी छिन् ।

शनिबार श्वेता आफै उपस्थित भएर खाना खुवाउने कार्यक्रम रहे पनि बुवा बिरामी परेकोले उपस्थित हुन सकिनन् ।

श्वेताले इशा गुरुङको पोष्ट सेयर गर्दै पर्दामा अभिनयको क्षेत्र र वास्तविक जीवनको भोगाइ फरक हुने उल्लेख गरेकी छिन् । उनले आफ्नो पोष्टमा जीन्दगी रहेसम्म समाज प्रतिको जिम्मेवारी नभुल्ने पनि लेख्न छुटाएकी छैनन् ।

३७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया