बुधबार १५ चैत्र २०७९

काठमाडौं- नेकपा एमालेले पार्टी गतिविधिविरुद्ध लागेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले नेता नेपाल, खनालसहित ४ नेतालाई यसअघि पनि स्पष्टीकरण सोधेको थियो। तर केही दिनयता पार्टी एकीकरणका लागि भन्दै वार्ता र छलफलहरु भएपछि स्पष्टीकरण सोधर कारबाही गरिएका नेताहरुको कारबाही फुकुवा गरिएको थियो।

‘पार्टी ह्वीप उल्लंघन गर्ने, विपक्षीलाई साथ दिनेहरु कारवाहीमा पर्नु स्वाभाविक हो। त्यसैको तयारी भइरहेको छ।’ सत्ता निरन्तरताका लागि पछिल्लो पटक ओली नेपाल पक्षसँग झुके जस्तो गरेपनि अन्तिममा उनले बागमती प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा आफू निकट गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मत नदिएको भन्दै नेपाल पक्षसँग इबी साँधेका छन्।

लिखित स्पष्टीकरण सोधिएका एमाले सांसद

१ःझलनाथ खनाल

२ः माधवकुमार नेपाल

३ः भीमवहादुर रावल

४ः मुकुन्द न्यौपाने

५ः रामकुमारी झाँक्री

६ः सरला यादव

७ः पुष्पाकुमारी कर्ण

८ः कलिला खान

९ः निरादेवी जैरु

१०ः लक्ष्मी कुमारी चौधरी

११ः कल्याणी खड्का

२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया