शुक्रबार १७ चैत्र २०७९

काठमाडौं। शा रीरिक सम्बन्ध रोमाञ्चक बनाउने नाममा मानिसहरु अनेक उपाय अपनाउँछन् । कहिलेकाहीँ भने यस्ता उपाय प्रा’णघातक पनि बन्न सक्छन् । यस्तै एउटा घटना मेक्सिकोको रिनोसा शहरमा भएको छ । यहाँ एक व्यक्तिले शारीरिक सम्बनधअघि उ’त्तेजना बढाउन भन्दै साँढेलाई उ’त्तेजित पार्ने औ’षधी खाएपछि उनलाई तीन दिनसम्म अस्पतालमा भर्ना गर्नु परेको मेक्सिकोको मिडिया ला रिपब्लिकालाई उद्धृत गर्दै बेलायती मिडिया द सनले लेखेको छ ।

ती व्यक्तिको हालत यतिसम्म बिग्रिएको थियो कि डाक्टरहरुले उनको गु प्तांगको सर्जरी नै गर्नुपर्यो । यी व्यक्तिले ३० वर्षकी उक महिलासँग शा’रीरिक सम्बन्धअघि मेक्सिकोमा साँढेलाई उ’त्तेजित बनाउन प्रयोग गरिने औ’षधी खाएका थिए । त्यपछि उनको स्थिति यतिसम्म खराब भयो कि उनलाई उ’त्तेजित अवस्थामै अस्पताल भर्ना गर्नु पर्यो । यी व्यक्ति तीन दिनसम्म उ’त्तेजित अवस्थामै रहे । तीन दिनसम्म पनि स्थिति नसुध्रिएपछि डाक्टरले उनको गु’प्तां’गको सर्जरी गरे त्यसपछि मात्र स्थिति सुध्रियो ।

यी व्यक्तिलाई रिनोसा शहरको स्पेशलाइज्ड अस्पताल नम्बर २७० मा भर्ना गरिएको थियो । उनले जुन औ’षधी खाए त्यो औ’षधी उनले भे’रा’क्रु’ज नामको ठाउँबाट लिएर आएका थिए । यो औ’षधीलाई मेक्सिकोमा किसानहरु साँढेलाई गाईसँग प्रजनन क्रिडा गराउनुअघि खुवाउने गर्छन् । यो औ’ष’धीको प्रयोगपछि एउटा साँढेले कैयौं गाईहरुलाई ग’र्भधा’रण गराउन सक्छ ।

रिनोसा शहर मेक्सिको र अमेरिकाको सीमानजिकै छ । यो मेक्सिकोको तमाउलीपास प्रान्तमा पर्छ । अस्पतालका डाक्टरले अपरेशनपछि ती व्यक्तिलाई डिस्चार्ज गरियो वा उनी अस्पतालमै छन् भन्ने जानकारी दिएका छैनन् । मेक्सिकोको भेराक्रुज क्षेत्र यौ’न श’क्तिव’र्ध’क औ’ष’धीको तस्करीको लागि कुख्यात छ । यो क्षेत्र ह’ति’या’रको तस्करी, दे’ह व्या’पार र ड्र’ग्स बे’च्ने गिरोहको ग्या’ङफा’इट’का लागि पनि कु’ख्यात छ ।

यो पनि पढ्नुहोस : काम पूरा नगरी भुक्तानी माग्न गएपछि…

अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पूरै मापदण्डविपरीत गरेको पाइएको छ ।

रु ४२ लाखमा ग्राभेल निर्माण गर्ने सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म सो सडकखण्डभित्र नाली, पर्खाल पनि निर्माण गरेको छैन । निर्माण गरिएका सामान्य पर्खाल र नालीमा सिमेन्टभन्दा भारी मात्रामा बालुवा राखेर काम नलाग्ने अवस्था सिर्जना भएको पाइएको छ । दैनिक यो सडक भएर यात्रा गर्ने सर्वसाधारण जोखिम मोल्दै यात्रा गर्न बाध्य भए पनि बिल्डर्सले गुणस्तरीय काम गरी समयमै सक्ने कार्यमा चरम लापरवाही गरेको स्थानीयवासी पृथ्वीबहादुर खड्काले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जथाभावी डोजर चलाएर हाम्रो जग्गा, जमीन भत्काउने काम भयो तर पर्खाल र नाली निर्माण गर्ने काम भएन ।”

अहिले ठाउँठाउँमा माटोको थुप्रो राखेर सामान्य भएको सडकसमेत यात्रा गर्न धौधौ भएको यातायात व्यवसायी धर्मबहादुर रावतले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले बजेट दिएन किन भन्ने ? दिएको बजेटबाट राम्रो काम हँुदैन, तोकिएको समयमा ठेकेदारले काम गर्दैनन्, कसरी हुन्छ हाम्रो विकास ? सात वर्षदेखि यो सडक लथालिङ्ग छ ।” ग्राभेल गर्ने भनिएको सडकमा सडकसमेत फराकिलो नबनाउँदा दैनिक सास्ती हुँदै आएको छ । सडक डिभिजन कार्यालय रुकुमपश्चिम चौरजहारीका प्रमुख नरेन्द्र भट्टले पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम नभएको बताउनुभयो ।

अब हर्जाना लगाएर काम लगाउने प्रयास भइरहेको भट्टको भनाइ छ । तोकिएको समयभित्र निर्माण पूरा नगर्ने, भएको सडकसमेत ज्यानमारा बनाएर बीचमा छाड्ने प्रवृत्तिका कारण विकासमा बाधा पुगेको स्थानीयवासीले बताएका छन् । बिल्डर्सका प्रतिनिधि बुद्धिबहादुर खत्री काम पूरा नगरी भुक्तानी माग्न डिभिजन कार्यालयमा गएको तर काम पूरा नभएको गुनासो आएपछि कार्यालयले भुक्तानी रोक्नुका साथै पुनः काम गर्न दबाब दिएको निर्माण व्यवसायी कृष्णविक्रम शाहले जानकारी दिनुभयो ।

अन्य काम प्रभावित

जाजरकोट खलङ्गा–पाँचकाटिया सडकखण्डको ट्र्याक खुला भएको सात वर्षभन्दा बढी भए पनि यो सडकखण्डमा यातायातका साधन गुड्न सकेका छैनन् । करीब २१ किलोमिटर लम्बाइ रहेको यस खण्डमा विभिन्न निकायको रु २१ करोडभन्दा बढी खर्च भइसकेको छ । बजेट जति लगानी गरे पनि काम पूरा नगर्दा सडकको हालत पुरानै रहेको छ । बर्सेनि राज्यको करोडाँै रकम खन्याए पनि सडकको काम प्रभावकारी नहुँदा दैनिक सार्वसाधारणले दुःख भोग्दै आएका छन् ।

जाजरकोट सदरमुकाम हुँदै पाँचकाटिया जुम्ला जोड्ने यो सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिनसकेको छैन । हिउँदयाममा मात्र सामान्य ट्र्याक्टर सञ्चालन भए पनि वर्षायाममा पूरै सडक अवरुद्ध हुने गरेको छ । काम पूरा नगर्ने तर लाखौँका ठेक्का लिने चलनका कारण विकास निर्माणका बाधा पुग्दै आएको छ ।

६०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया