नेपालमा पहिलो पटक ७८ बर्ष उमेरमा थेरवाद बुद्धिजममा एम.ए गर्ने दुर्गा देवी मानन्धर रेग्मी’को नि’धन भए’को छ। ८३ वर्षको उमेरमा शिक्षाविद् मानन्धरको स्टार हस्पिटल ललितपुरमा उपचारको क्रममा निधन भएको हो।
उहाँ लामो समय देखि न’शा सम्बन्धि रोग’बाट पी’डित थिईन । लुम्बिनी बौद्अ विश्वविधालयबाट फस्ट व्याचमा बि सं २०७२ सालमा थेरवाद बुद्धिजममा एम.ए गर्नेु भएको थियोे ।
पूर्व सह सचिव समेत रहनु भएकाे उहाँको शिक्षा क्षेत्रमा योगदान रहेको छ। उहाँ वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीको श्रीमति हुनुहुन्छ। आजै उहाँको पशुपतिमा अन्त्ये’ष्टी गरिएको छ।
यो पनि पढ्नुहोस्, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ताहरू सर्वोच्च अदालतमा पुगेका छन् । अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ।
अधिवक्ताहरुले आफूले दिएको रिट सर्वोच्च अदालते दर्ता प्रकृयामा पठाएको जानकारी दिएका छन् । प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै अधिवक्ताहरुले रिट दिएका हुन् । सर्वोच्च प्रशासनले दर्ता प्रकृया थालेको अधिवक्ता शाहीले बताए ।