शुक्रबार १४ आश्विन २०७९

काठमाडौं- गायक राजेश पायल राइले लकडाउनको अवधिमा बिहे नगरेकाले आफूलाई पछुतो लागेको बताएका छन् । नेपाल लाइभसँगको कुराकानीमा उनले लकडाउन दैनिकीको अनुभव साटेका हुन् । लकडाउनको अवधिमा बाबुआमासँग लामो कुराकानी गर्न पाएकोमा उनी निक्कै खुसी देखिए ।

लकडाउनको अवधिमा दिनभर सुतेर रातभर उठ्ने गरेको, दार्शनिक अन्तर्वार्ताहरु हेर्ने, फिल्म हेर्ने गरेको जानकारी दिँदै उनले मेराे विवाह भएको भए यो लकडाउनले आफूलाई सन्तान दिन्थ्यो कि जस्तो लागेको बताउँदै उनले आफू जुम्ल्याहाको पर्खाइमा रहेको बताए ।

आफू स‌ंगीतकै पछाडि मात्रै लागेको र अहिले लकडाउनमा एक्लै बस्दा परिवार भए कस्तो हुन्थ्यो भन्ने अनुभव भइरहेको उनले बताए ।
घरमा बसेर किराती तरकारी बनाउन सिकेको बताए । आफू किरात कुलमा हुर्किएकाले किराती खाना नै बनाइरहेको जानकारी दिए ।

२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया