मंगलबार १८ आश्विन २०७९

काठमाडौं । राजधानीको दक्षिणकाली नगरपालिका–१३ स्थित कटुवाल दहमा नाग देखापरेको छ । बाग्मती नदीमा बनेको ‘कटुवाल दह’ भन्दा केही मिटरमाथि गत पुस २९ गते नाग पहिलो पटक देखापरेको थियो ।स्थानीयका अनुसार त्यस यता नाग लगातार निस्कने गरेको छ । ‘दिनमा चार पटकसम्म निस्कन थालेको छ’ स्थानीय पञ्च बहादुर लामाले भने, ‘चैत ४ गते त पटक–पटक गरेर चार पटक नै निस्कियो ।’

बाग्मतीमा रहेको कटुवाल दह भन्दा केही मिटरमाथि र निर्माणाधीन सडक मुनीको ढुंगाको कापबाट निस्कने नाग दैनिक दुई देखी साँढे दुई घण्टा सम्म बाहिर बसेर पुनः लुक्ने गरेको स्थानीयले बताएका छन् । पुस २९ गते स्थानीय बालवालिकाले कालो रंगको नाग देखेपछि अभिभावकलाई खबर गरेका थिए ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

१९६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया