मंगलबार ०७ चैत्र २०७९

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले नेकपा एमालेका नेता माधव कुमार नेपाललाई नै प्रधानमन्त्रीको प्रस्ताव अघि सारेका छन् । जसरी पनि ओलीको विरुद्ध वहुमत जुटाउनुपर्ने बाध्यता आएपछि देउवाले यस्तो प्रस्ताव राखेको बुझिएको छ । राट्रपति विद्या देवी भण्डारीले नयाँ प्रधानमन्त्री दावी गर्न दिएको समय सकिनै लाग्दा दलका नेताहरु छलफलमा जुटेका छन् ।

जसपा दुई चिरा हुँदा ओली र विपक्षी दुवै तिर वहुमत पुग्दैन । एमालेका माधव नेपाल पक्ष पनि ओली इतरको गठबन्धनमा लागेका छन् । देउवाले नै प्रधानमन्त्रीको अफर गरेपछिमाधव नेपाल अहिले आफूनिकट सांसदसँग छलफलमा जुटेका छन्।

यसअघि शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको विपक्षी दलको बैठकमा कांग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन सक्ने भए तपाईं नै प्रधानमन्त्री बन्नुस् भनेपछि नेता नेपालले पनि तयारी थालेको बुझिएको छ ।

‘कि आफू प्रधानमन्त्री बन्न बहुमत जुटाउने कि आफूपक्षीय सांसदलाई सामूहिक राजीनामा गराई देउवालाई बहुमत पुर्‍याउन सजिलो बनाउने रणनीतिमा नेपाल लागेको बताइएको छ ।

यसअघि पनि आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेला नेपाल पक्षका २७ सांसद संसद् बैठकमै उपस्थित भएका थिएनन् भने ओली बहुमत ल्याउन नसकेर पदबाट हट्न बाध्य भएका थिए।

७२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया