काठमाडौ । शुक्रवार विहान भक्तपुरको सुर्यविनायकमा चार वटा सवारीसाधन आपसमा ठ क्क र खाएर दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । विहान करिब पौने ८ वजेतिर विपरित दिशावाट आएका गाडी ठ क्क र खाए र आसपासमा भएका अन्य गाडीमा पनि गएर ठो क्कि एका हुन् ।
शुक्रबार बिहान सूर्यविनायक नगरपालिका(९ स्थित नलिनचोकमा यस्तो घटना भएको हो । भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीका अनुसार जगाती जाँदै गरेको प्रदेश नम्बर ३-०१-००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठो क्कि एका थिए।
ट्रकमा सवार भएकाहरु घाइते भएका हुन् । सुरुमा दुइटा सवारीसाधन ठ क्क र खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठो क्कि न पुगेका हुन्।
प्रदेश ३- ०१-०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पिओ गाडीमा पनि ठो क्कि न पुगेको हो। स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो।