बुधबार १५ चैत्र २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्गत अंग्रेजी केन्द्रीय विभागमा कार्यरत उपप्राध्यापक शंकर सुवेदीको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ। उनी पाटन अस्पतालमा उपचाररत थिए। सुवेदी त्रिभुवन विश्वविधालयअन्तर्गत अंग्रेजी केन्द्रीय विभागमा एक दशकभन्दा लामो समयदेखि अध्यापनरत थिए।

केही दिनअघि कोरोना संक्रमण भएका उनको बिहीबार बिहान निधन भएको हो। उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका छन्।

‘हाम्रा साथी उपप्राध्यापक शंकर सुवेदीको निधनको खबरले हामी मर्माहत र स्तब्ध छौं,’ उनले भनेका छन्। उपप्राध्यापक सुवेदीको घर पर्वत हो। उनी विगत १५ वर्षदेखि त्रिविमा उपप्राध्यापक थिए।

यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको ४३ वर्षको उमेरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

दुई साताअघि कोरोना पुष्टि भएका उनलाई स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई आइसियू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

२०६१ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

३७० पटक हेरिएको

तपाईको प्रतिक्रिया