शुक्रबार १७ चैत्र २०७९

कपुरको प्रयोग हामीहरूले पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छौँ र यसलाई औषधिको रूपमा सही तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ र यदि कसैलाई दम रोगमा यो अचुक औषधि साबित हुनेछ|

साथै एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठिक हुन्छ र यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ र दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाउँमा लगाउनाले ठिक हुन्छ र यसको साथै कपुरको महत्त्वपूर्ण फाइदाको बारेमा छोटो जानकारी गराउँदछु

१) पुरानो खोकीमा:-सूठो,पिप्ला र मरीच एक एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक एक गोली दिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठिक हुन्छ!

२) खोकी लागेमा:-साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठिक हुन्छ!३) आउँ बाथ -भएमा दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण,आउँ,बाथ सबै ठिक हुन्छ!४) पुरानो बाथमा:–एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठिक हुन्छ!

५) निद्रा नलाग्नेमा,मुर्छा पर्ने रोग लागेमा:–फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई दुई गोली तातोपानीसँग खाँदा निद्रा लाग्छ र मुर्छा पनि ठिक हुन्छ!६) पोलेको ठाउँमा-कपुर चिसो हुन्छ। त्यस कारण शरीरको कुनै भागमा पोलेमा कपुर लगाएमा आराम दिलाउँछ। यसका साथै शरीरमा कपुरलाई घोलेर दर्द भएको ठाउँमा लगाएमा सञ्‍चो हुन्छ।

७) कपालको लागि फाइदा-कपुरले कपालको लागि पनि धेरै लाभकारी मानिन्छ। कपुरलाई नरिवलको तेलमा मिलाएर लगाएमा कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ। यसका साथै कपालमा ड्यान्ड्रफ आउँदैन।८) छालाको एलर्जीमा फाइदा-जाडोमा हाम्रो छाला रुख्खा भएर फुट्ने गर्छ। यसले छालामा एलर्जी र बिग्रिने हुन्छ। त्यस्तो अवस्थामा कपुरलाई नरिवलको तेलमा मिसाएर लगाएमा छालालाई एलर्जी हुनबाट बचाउँछ। छालामा पनि चमक ल्याउँछ।

प्राय हामी कपुर पूजापाठको लागि प्रयोग गर्ने गर्छौ। तर कपुर पूजा पाठ मात्र नभई मानव स्वास्थ्यको लागि पनि निक्कै फाइदाकारी मानिन्छ। कपुरले कुन कुन चीजमा फाइदा पुर्‍याउँछ ?

९) अनुहारमा चमक ल्याउन उपयोगी यदि तपाईँको अनुहारको चमक हराएको छ भने प्रत्येक दिन सुत्नु अगाडि कपुरको पाउडर काँचो दूधमा मिलाएर लेप लगाएमा अनुहारमा चमक आउँछ।

१०) शरीरमा पीडा भएमा यदि तपाईँलाई ढाड वा शरीर भारी भएर दुखेमा वा मांशपेशी खुम्चिएर अल्छीपना बनाएमा कपुरलाई तेलमा मिलाएर मालिस गरेमा आराम दिलाउँछ।११) पेट दुखेमा-अचानक पेट दुखेर हैरान हुनु भएको छ भने एक गिलास पानीमा शोप हालेर पिएमा पेटलाई आराम दिलाउँछ।

र यो भिडियो पनि हेर्नुहोस् ।

६५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया