काठमाडौ। चर्चित पत्रकार ऋषि धमला पत्नि एलिजा गौतम नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै चर्चाको शिखरमा छिन्। अझ, ऋषिसँग विवाह पश्चात् त उनी सधैँ चर्चामा आइरहेकि छिन्।
लडाउनको समयमा ऋषि पत्नि एलिजा के गरिरहेकि छिन् त। एक युट्युब च्यानलले उनको व्यस्तता दर्शकलाई देखाएको छ। शारिरिक व्यायाम, शरिर फिटनेसमा एलिजाले समय खर्चिरहेकि छिन्। उनी जिममा व्यस्त रहेको भिडियोमा देख्न सकिन्छ। उनको शरिर पनि निकै आकर्षक बनिरहेको छ।
चलचित्र ‘अनुराग’ बाट पत्रकार ऋषि धमला पत्नि एलिजा गौतम हिरोइन बनेकि थिइन् । दुई सन्तानकी आमा एलिजा आफ्नै लगानीमा फिल्मकी हिरोइन बनेकि हुन्। सत्यराज चौंलागाईंले निर्देशन गर्ने फिल्म ‘अनुराग’ मा एलिजाको अपोजिटमा मोडल दिपक घिमिरे प्रस्तुत भएका थिए।
गत साता फिल्मको प्रेसमिटमा पति ऋषि धमलाले दुई सन्तान जन्माएर फिल्म खेल्न लागेकी पत्नीलाई सबैले साथ र हौसला दिन आग्रह गरेकि थिइन्। अनुराग निर्माणमा आफुले सक्दो सहयोग गर्ने धमलाले बताएका थिए। एलिजाले फिल्म खेल्ने आफ्नो रहर पुरा गर्न आँफै निर्माणमा होमिएकि छन। फिल्ममा ऋषि धमलाको अनस्क्रिन भुमिका रहने वा नरहने बारे केही खुलाईएको छैन।
फरक खालको साँगीतिक प्रेम कथा भनिएको फिल्मको छायाँकन छठदेखि सुरु हुनेछ। फिल्मको बजेट करिब एक करोड बताइएको छ। रामकुमार केसीको छायाँकन रहने फिल्ममा तारा प्रकाश लिम्बु र सरोज पोखरेल संगीतकारको रुपमा रहेका छन् भने कथा किरण दाहालको रहेको छ।
नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन्। पटकथा तथा संवाद निर्देशक चौलागाईं र आगत केसीको छ। फिल्ममा एलिजा र दिपकसँगै अभिनेता सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतको अभिनय रहनेछ।
हेर्नुहोस यो भिडियो