मंगलबार १८ आश्विन २०७९

काठमाडौँ / को’रोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको नि’धन भएको छ । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको बुधबार राति महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा नि’धन भएको हो । उनलाई दुइसाता अघि कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

सोही क्रममा उनको मृ’त्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।

३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया