काठमाडौँ : शुक्रराज ट्र’पिकल तथा स’रुवा रो’ग अस्पतालको परिसरमा सोमबार मानिसहरू यताउता ओहोरदोहोर गरिरहेका छन् । कोही भने उ’भिएर केही होला जस्तै गरी रमिता हेरेर उ’भिएका छन् । धेरै संक्रमितहरू बेड नपाएकाले भुइँमा सु’तेर र फलामकै बेञ्चमा बसेर भएपनि प्राण वायु मुखमा लगाएका छन् ।
अस्पतालमा भएका सबैको मुहारमा भएको हाँसोलाई हरियो सानो मास्कले छेकेको छ ।लाग्छ त्यहाँ भएका सबै मानिसहरू आँखाले हाँसिरहेका छन् । कोही भने लखतरान भएर पल्टिरहेका छन्। हेर्दा लाग्छ त्यहाँ ,’ अस्पतालमा ठूलो वि\पत्ति आइपरेको छ र सबै त्यहीँ हेर्न बसेका जस्ता छन् ।’
त्यहीँ भि’ड भन्दा अलग्गै थकित र नि’राश मुद्रामा एक वृद्ध अस्पतालको फुलबारीमा बसिरहेका छन् । उनी दक्षिण काठमाडौँ चन्द्रागिरी नगरपालिकाका ६३ वर्षीय कमल परियार हुन् ।हातमा भएको दुई वटा मोबाइल हेरिरहन्छन्, उनको नजर घरिघरि अस्पतालको इमर्जेन्सीतर्फ तेर्सिन्छ।
उनी दुई दिनदेखि राम्रोसँग निदाउन पाएका छैनन् । आँखा मलिन छ। उमेरले ६ दशक काटेका कमल यतिखेर छोराको सहारा भएर अस्पतालमा कु’रुवा बसेका छन् । एउटा भनाइ छ, बुढेसकालको सहारा छोरा हुन्छ ।’ तर कमलको जीवनमा ठिक विपरीत भएको छ ।
कोभिड महामारीले गर्दा उनी छोराको सहारा भएर बसेका छन् । अब उनको एउटै मात्र इच्छा छ,’छोराको निको भएर मलाई बोलावस भन्ने छ।’ कमललाई छोराको नजिक जान मन छ कोभिड सर्ने त्रासमा उनी टाढाबाट छोरालाई हेर्न बाध्य छन् । यतिखेर उन को ३७ वर्षीय छोरा जयराम मुखमा अक्सिजन माक्सको सहारामा अस्पतालको इमर्जेन्सी गेटैमा बसिरहेका छन् ।
शुक्रराजमा ल्याएपछि कमलको पुनः पीसीआर परीक्षण गरिएको छ । रिपोर्टको पर्खाइमा कमलसहित जयरामको श्रीमती पनि छिन् । छोरालाई को-भि’ड भए पनि परिवारमा कसैलाई लक्षण नदेखिएको उनले बताए ।सन्तानको मायाले अभिभावकलाई डोर्याउँछ भनेझै कमललाई डोर्याएको छ । दिन प्रितदिन को-भि’डको संक्रमित र मृ’त्युदरको ग्राफ उकालो लागि रहेको छ ।
‘घरमा श्रीमतीलाई एक्लै छाडेर आएको छु, सन्तानको यति धेरै माया लाग्दो रहेछ भन्ने अहिले महसुस भइरहेको छ,’ उनले आँशु पुछ्दै भने । जयराम घरको एक्लो छोरा हुन् । उनको दुवै दिदीहरूको बिहे भइसकेको छ । घरमा साना-साना दुई नातीहरू रहेको उनले बताए । विस्तृतमा ईकागजमा खबर छ ।