शुक्रबार १७ चैत्र २०७९

काठमाडौं । भाइरस संक्रमणबाट आँखारोेग विशेषज्ञ प्राडा.पूज्यश्री कार्कीको निधन भएको छ । संक्रमण पुष्टि भएपछि डा.कार्कीको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या बढ्दै गएपछि १० दिनदेखि आइसियूमा उपचारत डा. कार्कीको आज बिहान निधन भएको अस्पतालले जनाएको छ । उहाँ विगत एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रोग विभागको प्रमुखमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमान् मिलेस सिजापती पनि डाक्टर नै हुनुहुन्छ । हेल्थपाटिबाट

यो पनि, सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो ।

बुटवलस्थित विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । गत वैशाख २५ गतेदेखि विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध हुनुहुन्थ्यो ।

अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि सङ्क्रमणबाट मृत्यु भएको भीम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिनुभयो ।

५६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया