बुधबार २५ साउन २०७९

प्रधानमन्त्रीले भर्खरै शपथ गर्ने क्रममा बोलेको वाक्यांशलाई लिएर बिभिन्न सामाजिक संजाल एवं टिकटकहरूमा प्रधानमन्त्रीले बोलेको कुरालाई लिएर धेरैले मजाक गरिरहेका छन्।प्रधानमन्त्रीको भने झैं धेरैले आफ्नो श्रीमतीसँग शपथ खाएको भिडियो बनाउँदै श्रीमतीले भनेको नमानी ‘त्यो पर्दैन’भन्दै हाँसेर मजाक गरेका छन्।

भर्खरै पुन नियुक्ति पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपती समक्ष शपथ ग्रहणका क्रममा राष्ट्रपतिले सपथ गराउँदै गर्दा ‘म केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले सापथ गराउँदै गर्दा प्रम ओलीले यो प्रति ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश दोहोर्याउन छुटाएपछि पुनः यो प्रतिज्ञा गर्छु कि’ भनी राष्ट्रपति भण्डारीले दोहोर्याउँदा प्रम ओलीले यो पर्दैन भनी अघि बढेका थिए। सो क्रममा राष्ट्रपति हाँसेकी थिइन्।

अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ का’नुनविपरीत भएकाले ब’दर गर्न माग गरिएको सर्वोच्च अदालत रि’ट हालेका हुन्। शपथ र श’पथपछि प्रधानमन्त्रीले सात मन्त्रीको नि’युक्ति वि’रूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को पेश गरेका छन्।

श’पथ लिने भनेको संविधान र का’नुनमा जे छ त्यही हो र आफूलाई जे मन लाग्छ त्यही भन्ने नमिल्ने भन्दै धेरैले प्रधानमन्त्रीको आ’लोचना गरे भने कतिले त्यो सा’मान्य भएको बताए। स्मरण रहोस्, अमेरिकामा सन् २००८ मा पहिलोपटक राष्ट्रपति बनेका बराक ओबामाले भू’लवश एउटा वाक्यांश य’ताउता पारेर प’ढेपछि दोहो¥याएर श’पथ लिनुपरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका थिए। शितल निवासमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले सपथ लिएका हुन्। बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। कार्यक्रममा पुरानै मन्त्रीमण्डलका सदस्यहरूले पनि सपथ लिएका थिए।

संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन दाबी नपरेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि वैशाख २७ गते संसदमा विश्वास मत पाउन नसकेपछि ओली पदमुक्त भएका थिए।तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले अबको तीस दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ।

१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया