मोरङको रंगेली नगरपालिकामा अनिता यादवको शव फेला पेरको छ । उनको कसैले ज्या न लि एर फा’लि एको अवस्थामा उनको शव फेला परेको हो । रंगेली नगरपालिका–३ को नहरखण्डमा उक्त घटना भएको थियो । अनिताको उमेर २४ बर्ष रहेको प्रहरीले जनाएको छ ।
नहरको बीच भागमा बुधबार २४ वर्षीया अनिता यादवको शव भेटिएको थियो । यादवको घर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा छ । शव नहरमा भेटिएको जानकारी पाएपछि प्रहरी यसको अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
उनको ज्या न लि एर पछि फा लि एको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनामा परिवारकै संलग्नताको आशंका गरिएको छ । प्रहरीले घटनाको अनुसन्धाका लागि अनिताका श्रीमान्, सासु, ससुरा र देवरलाई पक्राउ गरेको छ ।
प्रहरीले १९ बर्षका देवर बिनोद यादव, ५० वर्षीया सासु बिजुली यादव, श्रीमान् बेचन यादव र ससुरा रामु यादवलाई अनुसन्धानका लागि साथै लिएर सोधपुछ थालेको छ ।