मंगलबार १८ आश्विन २०७९

बुधवार विहानै भुकम्पको धक्का महशुष गरिएको छ । विहान करिब पौने ६ वजे गएको भुकम्पको मुख्य केन्द्रबिन्दु लमजुङ भएको बताइएको छ । भुकम्प मापन केन्द्रका अनुसार लमजुङ केन्द्र भएर ५।८ म्याग्नेच्युटको भूम्कम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । भुकम्पको धक्का काठमाडौ, चितवन आसपासका क्षेत्रमा पनि महशुष गरिएको छ । यस सम्बन्धी क्षतीको विवरण आउन बाँकी छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

८२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया