बुधबार १५ चैत्र २०७९

एजेन्सी । भारतमा महामारीको समयमा निकै नराम्रा समाचार सार्वजनिक भइरहेको बेलामा केही यस्ता घटना पनि भएका छन् जसले मानिसलाई केही आहत दिएको छ । महामारी फैलन नदिन प्रहरी सडकमा तैनाथ छन् ।

सडकमा हिड्नेहरुलाई निकै कडाई गरिहेका छन् । तर भारतको पञ्जावमा अहिले एउटा निकै रमाइलो भिडियो भाइरल भइरहेको छ । प्रहरीको काम देखेर सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

एक वेहुला र वेहुली मोटरसाइकलमा कतै गइरहेका थिए । उनीहरु विवाहको लुगामै छन् । श्रृंगार गरेकी वेहुलीलाई मोटरसाइकलको पछाडी राखेर वेहुला घर जाँदै थिए । वाटोमा फेला परे प्रहरी ।

प्रहरी देखेपछि उनीहरु डराए । तर त्यहाँ यस्तो दृष्य देखियो की सबै छक्क परे । प्रहरीले स्वास्थ्य मापदण्ड पालना गर्दै विवाह गरेको थाहा पाएपछि उनीहरुलाई उल्टै सगुनको पैसा दिए । गल्ती गरेको भन्दै जरिवाना लिन्छन् होला भन्ने सोचेका वेहुला वेहुली छक्क परे ।

उनीहरुले बीच सडकमै वेहुला बेहुलीलाई माला लगाइदिए । सगुन स्वरुप पैसा झिकेर दिए अनि सफल दाम्पत्य जिवनको शुभकामना दिए । सडकमा दुइु जना प्रहरी थिए । दुवै प्रहरीले पालैपालो उनीहरुलाई माला लगाएर पैसा दिएका थिए ।

अहिले सो भिडियो सामाजिक सजालमा निकै भाइरल भएको छ । प्रहरीको निकै प्रशंसा भएको छ । प्रहरी जनतालाई दुख दिनका लागि होइन खुसीमा उनीहरु पनि खुसी साट्न सक्छन् भन्ने उदाहरण उनीहरुले दिएका छन् ।

३७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया