एजेन्सी । आफ्नै घरमा डेरामा बस्ने महिलाको कोठामा पसेर घर मालिकका छोराले ज्या न लि ए का छन् । महिलासंग सम्बन्ध राख्न चाहेका ति पुरुषले चाहना पुरा नभएपछि घटना गराएका हुन् । यो घटना भारतको दिल्लीमा भएको हो । महिलाको श्रीमान कोठामा थिएनन् । एक्लै महिला कोठामा भएको थाहा पाएपछि घरमालिकका छोरा कोठामा पसेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको मंगोलपुरी क्षेत्रमा घटना भएको हो। प्रहरीले आरोपितलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ।
प्रहरी अधिकारीका अनुसार २५ वर्षीया दिव्या आफ्ना पतिका साथ मंगोलपुरीस्थित वाई ब्लकको एक घरको तेस्रो तलामा भाडामा बस्ने गरेकी थिइन् । उनका पति ज्योति मुन्डकास्थित एक कारखानामा काम गर्छन्। कामको सिलसिलामा उनी ४ दिन देखि कोठामा आएका थिएनन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार जब शनिबार घर फर्के, तब आफ्नी श्रीमतीलाई कोठाभित्रै मृ त फेला पारे। जानकारी पाएपछि घटनास्थल पुगेर प्रहरीले शव नियन्त्रणमा लिएको छ। अनुसन्धान क्रममा प्रहरीले घरमालिकको छोरा २९ वर्षीय कन्हैयालाई गिरफ्तार गरेको छ। बयानका क्रममा उनले आफूले महिलासँग सम्बन्ध राख्न चाहेको तर उनी राजी नभएपछि घटना गराएको बताएका छन् । सांकेतिक तस्बिर