आइतबार ११ मंसिर २०७९

बुटवल– रुपन्देहीको सैनामैना नगरपालिका–३, निवासी ३९ वर्षीय रितु बानियाँलाई वैशाख १७ गतेदेखि सामान्य ज्वरो आउँन थाल्यो । १६ गतेदेखि जिल्लामा निशेषज्ञा शुरु भएको थियो । उनी सैनामैनामा पसल सञ्चालन गर्छन । उनीसँगै परिवारमा ३ वर्षीया छोरी प्राप्ती र श्रीमती २८ वर्षीया धुव्र कार्की बानियाँ थिए ।

सामान्य ज्वरो, रुघा ,खोकी र शरीर दुख्ने लक्षण देखिएपछि रितु घरै कै छुट्टै कोठामा बस्न थाले । ८ दिनपछि सैनामैना नगरपालिकाले वडामा कोरोना परीक्षण गर्न स्वाव संकलन गर्‍यो ।

उनले ३ वर्षीया छोरी र श्रीमतीलाई लिएर गए । त्यहीँ उनीहरुको स्वाव संकलन भयो । अर्काे दिन सबै जनाको रिपोर्ट पोजेटिभ आयो । रितु भन्छन, ‘३ वर्षीया छोरी प्राप्तीलाई पनि कोरोना सरेछ, उनलाई सामान्य ज्वरो आएको थियो । हामीलाई सामान्य कोरोनाको लक्षण देखिएको थियो ।’

आफूहरु घरबाट ननिस्किएको बताउँदै उनले भने, ‘छोरीलाई डाक्टरको सल्लाह अनुसार तातो पानी र सिटामोल खान दिईयौँ । ३ दिनपछि उनको ज्वरो पनि सन्चो भयो । हामीलाई पनि विस्तारै सन्चो भएको महशुस भयो । घरमा बस्दा पोषिलो खानेकुरा खाने, तातोपानी पिउने र बाफ लिन गर्‍यौँ । यसले गर्दा हामीलाई कोरोना जित्न सफल भएको महशुस भयो ।’

छोरी आमासँग बसिन, रितु आफ्नो अनुभव सुनाउँछन्, ‘हामी अलग अलग कोठमा बसेका थियौँ । छोरीलाई रुघाखोकी थियो । उनलाई भिडामिन सी र भिटामिन डी र प्यारासिटमोल डाक्टरले भने अनुसार खुवाउथ्यौँ ।’

लकडाउनको अघिल्लो दिनसम्म म पसल मै ब्यस्त थिएँ । त्यहीँ कोरोना सरेको हुन सक्ने उनले बताए । होम आईसुलेसनमा बस्दा कोरोना संक्रमितको मृत्युको समाचारले धेरै दुखी बनाउने गरेको उनले सुनाए । अक्सिजन अभावले ज्यान गएको समाचार सुन्दा आफूपनि अक्सिजनको अभावले नबाँचिने हो कि भन्ने पीरले उनलाई सताउने गर्‍थ्यो । ‘तर, हाम्रो लागि सबैभन्दा ठूलो औषधि नै मनोबल बन्यो । कोरोनालाई जित्छौँ भँन्ने अठोटले नै हामीले कोरोनालाई जित्यौँ’, उनले भने ।

उनले भने, ‘होम आईसोलेसनमा बसेको केही दिनमा हामीलाई सन्चो हुँदै गएको महशुस हुन थाल्यो, छोरीलाई पनि सन्चो भयो । १० दिनपछि फेरि स्वाव दिन हामी बुटवलको प्याथ ल्याब गयौँ । अर्को दिन हामी सबैजनाको रिपोर्ट नेगेटिभ आएको थियो । ३ वर्षीया छोरीले पनि कोरोनालाई जित्न सफल भईन, हामी धेरै खुशी भयौँ । मनोबल उच्च राख्न सके कोरोनालाई पराजित गर्न सकिने रहेछ ।’

३९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया