शुक्रबार १७ चैत्र २०७९

काठमाडौ । महामारीमा औषधि उपचार गर्न नपाएरै सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । अक्सिजनको अभाव र अस्पतालमा पनि वेड नपाएर मृत्यु भएकाहरुको आफन्तको समस्या त्यसपछि पनि सकिदैन । भरतपुर महानगर अन्तर्गतको देवघाटस्थित दियालो बंगलानजिक नारायणी नदी किनारमा संक्रमितको शव जलाएको २८ हजार रुपैयाँ लिने गरेको पाइएको छ। मृत्युपछिको मानवीय पीडा र संवेदना बिर्सिएर महानगर ला सबाट समेत असुलीमा ला गेको पा इएको छ।

यसको भुक्तभोगी भरतपुर महानगरपालिका–१ रामनगरका केशव रिमाल पैसा नहुने मान्छेले के गर्लान भनि आ क्रो श पोख्छन्। कोरोनाबाट निधन भएका आफन्तको दाह संस्कारमा सहभागी हुन घाट पुगेका उनले शव जलाउँदै गर्दा शुल्क बापत २८ हजार रुपैयाँ मागेको देखे।

घाट जान पैसा बोकिएको थिएन। सबैसँग मागेर काम चलाइयो। आफन्त वित्नुको पीडा, दाहसंस्कार गर्नुको पीडा त छँदैथियो त्यसमाथि शुल्कको पीडा पनि थपियो। रिमाल र उनका आफन्तलाई यति शुल्क लाग्छ भन्ने जानकारी थिएन। अस्पतालबाट निस्केको मान्छे घाटमा पुग्दा सबैसँग पैसा नै हुन्छ भन्ने पनि हुँदैन।

त्यसमाथि सक्नेले त २८ हजार रुपैयाँ पनि सजिलै तिर्लान्, नहुनेका लागि त यो र कम धेरै हो रिमालको नजरमा। उनले यसलाई घटाउन माग गरे। बढिमा १० हजार भन्दा बढी नलाग्नेमा च र्को अ सु ली भइरहेको उनको गुनासो छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि बढि शुल्क लिइरहेको गु नासो आएको भन्दै कसरी घटाउने भन्नेबारे छलफल गरिरहेको बताए।

५९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया