महा भुकम्पका बेला गरीबका आशा बनेर आएका धुर्मुश सुन्तली अहिले कोरोनाको महामारीको बेला कता गए होलान् भन्ने तपाई लाई लाग्न सक्छ । उनीहरु रंगशालामा केन्द्ति त छदै छन् त्यसको अलवा नेपालमा कोरोना संक्रमितले अक्सिजन नपाएर छटपटिरहेका बेला धुर्मुस सुन्तलि फाउन्डेशनले ठुलो सहयोग गरेको छ ।
फाउन्डेशनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर भरेर सहयोग गरेको हो । फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालित १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तानतरण गरेका हुन्। साथै फाउण्डेशनले यो बेला सकेको जति सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने बताएको छ ।