प्रहरीका एकजना सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा दरबन्दी रही जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत असई शम्भुलाल दमाईको कारोना संक्रमणबाट मृत्यु भएको हो।
४५ वर्षका असई दमाईमा वैशाख २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोनाको संक्रमण देखिएपछि उनी प्रहरी चौकी चारपाल गुल्मीको भवनमा सेल्फ आइसोलेसनमा बस्दै आएका थिए।
सेल्फ आइसोलेसनकै क्रममा रहेका बेला स्वास प्रस्वासमा समस्या भएपछि उनलाई आइतबार राति १० बजे जिल्ला अस्पताल तम्घास पुर्याइएको थियो। अस्पताल पुर्याइएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका थिए।
यो पनि, कोरोनाबाट वडाध्यक्षको निधन
कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो ।
कोरोना सङक्रमबाट तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । होम आइसोलेशनमा नै उहाँको गएराति निधन भएको जनाइएको छ ।
यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उहाँको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज अपराह्न निधन भएको हो ।
रेडियो हापुरेमा कार्यरत उहाँले गतहप्तामात्र कोरोनालाई पराजित गर्नुभएको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो । जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो । आइतबार मात्रै पत्रकार बस्नेतका पिता टोपबहादुर बस्नेतको पनि सोही मेडिकल कलेजमा उपचारका क्रममा कोरोनाबाट निधन भएको थियो । उहाँ नेकपा( एमालें) जिल्ला नेता हुनुुहुन्थ्यो ।