मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२०’को ताज जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगीतामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधी जितेकी हुन् ।
‘यदि तपाई देशको लिडर हुनुभयो भने को’भिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले उपाधी जितेकी हुन् ।
ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यो प्रतियोगीतामा नेपालकी अनिष्का शर्माले पनि सहभागीता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।
याे पनी
‘फिट’ रहन अल्छी हटाऔँ
आजकल अबेर रातिसम्म जागा रहने बानीका कारण धेरै मानिस बिहान सबैरै उठ्न सक्दैनन् । अझ जाडोको मौसममा बिहान सबेरै उठ्न निकै गाह्रो मानिन्छ ।
बिहान सबेरै नउठ्दा बेलुका चाडैँ निन्द्रा लाग्दैन । जसका कारण पुनः ढिला सुतिन्छ र निन्द्रा पूरा नभए दिनभर थकान महसुस हुन्छ । तसर्थ बिहान सबेरै उठेरै मात्र केही मिनेट ब्यायाम गर्न छुट्याए दिनभर एक्टिभ रहन मद्दत गर्दछ । आज हामी बिहान उठेरै गर्ने केही ब्यायाम र कामबारे चर्चा गर्नेछौ ।
१. बिहान सबेरै उठ्न घडीको अर्लामको प्रयोग गर्नुहोस् र अल्छी नगरी उठ्नुहोस् ।
२. उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिएर हल्का शरीर तात्ने ब्यायाम गर्नुहोस् ।
३. यसका लागी घरको कुनै कोठा, छत वा नजिकको पार्क उपयोगी हुनसक्छ ।
४. ब्यायाममा सबैभन्दा पहिले स्ट्रेचिंग गर्नुहोस् । स्ट्रेचिंग ब्यायाम गर्न दुवै खुट्टाबीच केही अन्तर राखेर सिधा उभिइ हातलाई सकेसम्म माथि उठाउनुहोस् र १० सेकेण्डपछि फेरि पहिलेकै पोजिशनमा आउनुहोस् ।
त्यसपछि हातलाइ दायाँ बायाँ फैलाई विपरित दिशामा लगेर कम्मरको स्ट्रेच गर्नुहोस् । त्यसपछि फेरि हातलाई माथि उठाएर झुक्ने र खुट्टाको औँला छुने । यो क्रिया पाँच पटकसम्म दोहोर्याउनुहोस् ।
५. स्ट्रेचिंग गरिसकेपछि एक्सरसाइज गर्न शरीर तयार हुन्छ । त्यस पछि आफ्नो अनुकुलको ब्यायाम गर्न सक्नु हुन्छ । अझ स्ट्रेचिंगपछि पुसअप्स गरे राम्रो हुन्छ । पुसअप्स गर्दा शुरु दिन ५ देखि १० पटक र पछि सके अनुसार बढाउदै लानु राम्रो हुन्छ ।