शनिबार १७ मंसिर २०७९

काठमाडौं – चिकित्सकहरुको भनाइअनुसार हामीले खानपानमा त्यस्ता खानेकुरा समावेश गर्नुपर्छ जुन खाने कुराले शरीरमा रोग प्रतिरोधात्मक क्षमता नै विकास गरिदिओस् ।त्यस्ता खानेकुराको प्रयोगका कारण शरीरले आफैँभित्र एक प्रकारको शक्ति सञ्चय गर्दछ ।अनि अर्को बुझ्नै पर्ने कुरा के छ भने पोषणयुक्त खानेकुरा खानु भनेको शरीर बढ्न, स्वस्थ रहन, रोग बिमारसित लड्न शरीरमा एक किसीमको क्षमता विकास गराउनु पनि हो ।

के हुन् ति खानेकुरा ?

कालो दालः कालो दालमा प्रचुरमात्रामा प्रोटिन हुने गर्छ । यसलाई पकाउने तरिका धेरै प्रकारको छ । अधिकांशको भान्सामा पाक्ने कालो दाल स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक छ । धान रोपेपछि चिस्यानयुक्त आलीमा यसलाई रोपिदिँदा यो मज्जाले फल्छ । कालो दाल एकपटक खाँदा मात्रै पनि हामीले १५ ग्राम फाइबर र प्रोटिन पाउन सक्छौँ जुन एकदिनका लागि शरीरलाई आवश्यक पर्याप्त पोषक तत्व हो ।घिउ सिमीः १०० ग्रामको घिउ सिमीमा २१ ग्राम प्रोटिन हुने गर्छ । अन्य सीमीको प्रयोग पनि अति नै लाभदायक हुन्छ । सिमीमा भिटमिन ए, बी६, थाइमिन, पैथोथेनिक एसिड तथा नियासिन हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।

मकैः पहेँलो मकैमा एक कपमा १५।६ ग्राम प्रोटिन हुने गर्दछ । मकैमा प्रचुर मात्रामा फाइबर, मिनिरल र क्याल्सियम हुने गर्छ । भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन ।माछाः माछामा प्रचुर मात्रामा प्रोटिन मिल्छ । यसमा ओमेगा–३ पाइन्छ । माछा पोषणयुक्त खानेकुरा भएता पनि सधैं माछा खान भने सकिन्न । गर्भवतिले माछा खाँदा चिकित्सकसँग परामर्श गरेर मात्रै खानुहोला । टुना स् टुना एक प्रकारको प्रचुर मात्रामा प्रोटिन पाइने माछा हो । सलाद, स्याण्डविच, खाजासँग माछा मिसाएर खान मिल्छ ।

आलुः आलु एक प्रकारको काब्रोहाइड्रेट प्रचुर मात्रामा पाइने फल हो । आलुको ब्रोक्रामा मात्र ४ ग्रामको प्रोटिन पाइन्छ । त्यसरी आलु पकाउँदा विशेष ध्यान दिनुपर्छ ।ब्रोकाउलीः एक कप ब्रोकाउलीमा २.६ ग्राम प्रोटिन हुनेगर्छ । यसमा पाइने पदार्थ भनेको फोलेट र पोटासियम हो ।

काउलीः काउलीमा धेरै मात्रामा प्रोटिन तथा क्यालोरी पाइन्छ । एक कप काउलीमा २७ प्रकारका क्यालोरी र २ ग्राम प्रोटिन पाइन्छ ।चाइनिज बन्दाः यसमा एन्टीअक्सिडेन्ट र प्रोटिन पाइन्छ ।अण्डाः प्रोटिन र पोषण पाइने अण्डा दिनैपिच्छे खाने हो भने दिनभरी मानिस आरामसँग बस्न सक्छ ।

कुखुराको छातिः छाला नभएको १३६ ग्रामको कुखुराको छातिको मासुमा २६ ग्राम प्रोटिन पाइन्छ ।ओट्सः १०० ग्रामको ओट्समा १७ ग्राम प्रोटिन पाइन्छ । त्यहाँ काब्रोहाइड्रेटस् पाइने खानामा ओट्स पनि पर्छ । विभिन्न खानेकुरा, फलफुल तथा सुपारीजन्य खाद्यपदार्थबाट ओट्स बनेको हुन्छ ।

टेम्फेः टेम्फे सोयबिनबाट तोफु जस्तै बनाइन्छ । यसमा प्रचुर मात्रामा पोषण तथा प्रोटिन मिल्ने गर्छ ।अम्बाः अम्बा उष्ण मौसममा फल्ने फलफूल हो । यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ ।आल्मोण्डः अल्मोण्डमा धेरै मात्रामा क्यालोरी पाइने गर्छ । भुटेका आल्मोण्डको स्वाद विर्सन सकिन्न ।फर्सिको वियाँ : फर्सिको वियाँमा म्याग्नेसियम, सेलेनियम, प्रोटिन र मिनिरल पाइन्छ ।

–एजेन्सीको सहयोगमा

४८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया