मंगलबार ०७ चैत्र २०७९

हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ ।कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ॐ बाट हुने गर्छ ।ॐ उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न सहयोग पुर्याउँछ । यसले धेरै विरामीहरु ठिक हुने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

१) थाइराइड: हरेक दिन ॐ उच्चारण गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।२) एन्जाइटी: ॐ को उच्चारणले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट मुक्ति पाइन्छ ।३) स्ट्रेस वा टेन्सन: ॐ मन्त्रको जप गर्दा मानसिक शान्ति मिल्छ । यसले चिन्ता, तनाव, मानसिक थकानलाई टाढै राख्छ ।४) ब्लड सर्कुलेसन : ॐको उच्चारणले शरीरमा ब्लड सर्कुलेसनलाई पनि सहयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रा वृद्धि हुन्छ ।५) स्वस्थ मुटु: दैनिक यसको जप गर्दा ल‌ंग्स, बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित हुन्छ । यसले मुटुपनि स्वस्थ रहन सहयोग गर्छ ।६) डाइजेशन : ॐ उच्चारणले पेटमा भाइब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

१००३ पटक हेरिएको

तपाईको प्रतिक्रिया