सोमबार २३ साउन २०७९

काठमाडौँ । वास्तु शास्त्रमा घरमा बोट बिरुवा लगाउँनु अघि केही नियमहरु बताईएको छ।

घरमा सही तरिकाले बोट बिरुवा नलगाए गृहस्वामी सहित परिवारको अन्य सदस्यको शारीरिक, आर्थिक र मानसिक समस्या आई पर्नसक्छ।

वास्तुशास्त्रको प्रसिद्ध ग्रंथ ‘वास्तुराजवल्लभ’ का अनुसार तुलसी, केरा, चंपा केतकी, चमेली आदिलाई शुभ बोट बिरुवा मानिन्छन्।

केराको बोट ईशान कोणमा रोप्नाले आर्थिक समस्या दुर हुन्छ। केराको बोटसँगै तुलसीको बोट लगाउँदा शुभ फल प्राप्त हुँने साथै भगवान विष्णुकोसाथै माता लक्ष्मीको कृपा समेत मिल्ने बताइन्छ।

यसैगरी अशोक र नरिवलको बोट पनि एकदम शुभ मानिन्छ। अशोक प्रसन्नता दिने र चिन्ता दुर गर्ने बृक्षको रुपमा चिनिन्छ। यो बृक्षले घर परिवारका सदस्यबीच प्रेम र सौहार्दता बढाउने मान्यता रहिआएको छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया