शनिबार १७ मंसिर २०७९

काठमाडाैं । यो घटना हो चिलीको । एक बिरामीको टाउकाको अपरेशन गर्दा अस्पतालको लाइन गएकाले तत्कालै डाक्टरहरुले आफ्नो मोबाइलको टर्च बाली अपरेशन गरेका छन् । बिरामीको मस्तिस्कमा भएको ट्युमर अपरेशन गरेर निकाल्दै गर्दा अचानक लाइन गएको थियो । डाक्टरहरुका अनुसार अपरेशन निकै संवेदनशील अवस्थामा थियो । त्यस्तो बेलामा लाइन आउने प्रतिक्षा गर्न सकिने स्थिति थिएन ।

डाक्टरहरुले तत्कालै मोवाइल फोनको टर्च प्रयोग गर्ने निर्णय गरे । पछि डाक्टरहरुले यसको भिडियो सामाजिक संजालमा जारी गरेका छन् । डाक्टरहरुलाई उद्धृत गर्दै डेलीमेलले लेखेको समाचार अनुसार ३४ वर्षका ती बिरामीको अपरेशन सफल भएको छ । स्वास्थ्य अधिकारी अर्तुरो जुनिगाका अनुसार अस्पतालको लाइन जानेबित्तकै जेनेरेटरको अटोमेटिक सिस्टम सुरु हुनुपर्नेमा प्राविधिक कारणवश त्यस्तो नभएपछि यस्तो समस्या आएको थियो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया