शनिबार ०५ आषाढ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताएका छन् । उनले शुक्रबार मात्र तेश्रो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन् ।

ललितपुरको गोदावरीमा निर्माण भएको गोदावरी सम्मेलन केन्द्रको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले तीन हजार सिट क्षमताको सुविधा सम्पन्न मुलुककै सबभन्दा ठूलो सो सम्मेलन केन्द्रको प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रबार भर्चुअल उद्घाटन गरे ।

कोरोनाका कारण मानिसहरूको ज्यान गइरहेको चिन्ता र दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको अभियानमा सरिक हुन सबैसँग आग्रहसमेत गरे ।

कोभिडविरुद्धको नीति र सरकारको काम सही रहेको बताउँदै उनले मानिसको ज्यान बचाउने कुरालाई सबभन्दा महत्वको विषय बनाएर सरकार अगाडि बढिरहेको स्पष्ट पारे ।

मुलुकलाई विकासको गतिमा अगाडि बढाउने हाम्रो साझा सङ्कल्पका कारण विकासका कामहरू भइरहेको चर्चा गर्दै उनले कोभिड–१९ विरुद्धको हाम्रो ल डा इँ सँगसँगै हाम्रा विकास निर्माणका साथै आर्थिक क्रियाकलाप र आपूर्ति व्यवस्थासहित सामाजिक जनजीवनलाई गतिशील राख्ने प्रयास अगाडि बढाइएको स्पष्ट पारेको समाचार गोरखापत्र दैनिकमा छ ।

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया