नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय नायिका हुन् पुजा शर्मा । उनी आजबाट २९ बर्ष पुगेकी छिन् । प्रेम कहानी, रामकहानी जस्ता हिट फिल्म खेलेकी पुजाको लाखौ फ्यान फलोवर्स रहेका छन् । उनि नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सन् १९९२ अप्रिल ३० मा सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म ‘प्रेम गीत’ उनको सबैभन्दा सफल चलचित्र हो ।
१. संघर्षको कथा :
सिन्धुपाल्चोकमा जन्मेकी उनको बाल्यकाल देखि नै सङ्घर्षपूर्ण भए । बुवाले छोराको चाहना राखेका र उनी छोरी भएर जन्मेका कारण पूजा र उनकी आमा दुर्गाले जीवनमा कहिल्यै परिवारबाट माया पाएनन् । श्रीमानबाट माया पाउन नसकेका कारण उनले छोरी पूजालाई भने राम्रो भविष्य दिने सोच बनाइन् । त्यसैले उनी घर परिवार छोडेर छोरीलाई लिएर काठमाडौँ आइन् । पूजाले जन्मेदेखि नै बुवाको माया पाउन सकिनन् । उनलाई आमा दुर्गाले नै आमा र बुबाको माया दिइन् ।
दुर्गाले पूजालाई कहिल्यै पनि बुवाको कमी महसुस हुन दिइनन् । आमाले पूजालाई काठमाडौँमा ल्याएर राम्रो विद्यालयमा भर्ना गरिन् । छोरीलाई राम्रो भविष्य दिन निकै सङ्घर्ष गरेर पैसा कमाइन् । उनले एसएलसी पास गरेपछि पढाइसँगै एउटा एनजिओमा पनि काम गर्न थालिन् । उनले आफ्नो जीवनमा एउटा मोड आएको थाहा पाइन् । उनलाई पढाई भन्दा पनि उनलाई अरू काममा रुचि लाग्थ्यो । नाच्ने र अभिनय गर्ने काम गर्न उनलाई मन पराउँथिन् । उच्च शिक्षा पढ्न क्यानडा गएकी उनी पढाइ पुरा नगर्दै फर्किइन् । उनले टुरिजम फिल्डमा लागेर पढ्न र काम गर्न थालिन् ।
२. फिल्मी करियर कसरी सुरु भयो ?
पूजा सानै देखि सुगम पोखरेलको फ्यान थिइन् । पछि उनै सुगमलाई भेटेपछि अभिनय तर्फ उनको पहिलो पाइला अघि बढाइन् । तर त्यतीबेला उनलाई आफैले गरेको अभिनय भने त्यति मन पर्दैनथ्यो । ‘म्युजिक भिडियोमा समेत काम गर्न लागेकी उनी केही समय पत्रकारितामा पनि लागिन् ।’ त्यतीबेला उनलाई थ्री लभर्स चलचित्रमा काम गर्ने अफर आयो । उनले चलचित्रमा काम गरिन् तर कसैले उनलाई नोटिस गरेनन् । ‘उनले आफूलाई सुनाए अनुसारको कथामा अभिनय गरेको दृश्य नदेखेपछि उनलाई फिल्म क्षेत्रबाट नै मन भाँचियो ।’ तर अन्तत फिल्म ‘प्रेम गीत’ बाट उनी एकाएक चम्किइन् ।
३. पारिश्रमिक कति छ ।
पारिश्रमिक यति नै लिन्छु भनेर उनले भनेकी छैनन् । तर पछिल्लो समय चलचित्र ‘पोइ पर्यो काले’ मा उनले २० लाख रुपैयाँमा अनुबन्धित भएको खबरले केही समय चलचित्र क्षेत्र ततायो । उनी भएर सर्वाधिक मंहगी नायिकाको सुचीमा परेकी हुन् । उक्त फिल्ममा नायक आकाश श्रेष्ठ भने १८ लाखमा अनुबन्धित भएका थिए ।
४. अभिनेत्री पुजा शर्माको स्टारडम कति छ ?
उनकै कारण चलचित्र चल्ने सम्भावना छ त ? यसअघिका चलचित्र उनकै कारण चलेका छन् त ? यि प्रश्नको उत्तर खोज्न खासै गाह्रो पर्दैन । तर, यी अभिनेत्रीले लिएको पारिश्रमिकलाई मान्ने हो भने उनि नेपालकी सर्वाधिक महंगी अभिनेत्री बनेकी छिन् । चलचित्र पोइ पर्यो कालेमा २० लाख रकम लिएर अनुबन्धित भएकी भएपछी उनको चर्चा झनै चुलियो ।
५. बिबादित बनिन् पुजा :
नायिका पूजा शर्मालाई नेपालमा कति जिल्ला छन् भनेर थाहा रहेनछ या उनको जिब्रो चिप्लियो । प्रश्नको गलत उत्तर दिएपछि कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी बन्न पुगिन । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको हो । प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् ।
उनलाई पत्रकार सुवेदीले सोधेका थिए- नेपालमा यतिखेर कतिवटा प्रदेश छन् । यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् । यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए । पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् । यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको थियो ।
६. प्रेम सम्बन्ध :
निर्माता निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको नाम अक्सर जोडिने गर्छ । यी दुई बिच प्रेम सम्बन्ध थियो भन्ने हरुको पनि कमि छैन नेपाली फिल्म वृत्तमा । तर उनीहरुले भने आफुहरु प्रेम सम्बन्धमा नरहेको भन्दै आएका छन् । उनीहरुको निकटता यती धेरै छ की उनीहरुको नाम जोडेर लेख्न वा बोल्न कोही हिचकिचाउँदैनन् । तर, यही निकटता बिच पनि सुदर्शन र पुजा बिचका बिमति र असमझदारी बाहिर आउने गरेका छन् ।
पछिल्लो समय फिल्म रामकहानीको प्रोमोसनमा ब्यस्त रहेका समयमा उनीहरु बिच फिल्म छायाङ्कन ताका देखी नै खटपट बढेको समाचारहरु बाहिरिएका थिए । सामाजिक संजाल फेसबुकमा एक अर्कालाई ब्लक गर्ने देखि पुजाको जन्मदिनमा सुदर्शनलाई केक अन्य भन्दा पछी खुवाएकोमा सुदर्शन रिसाएको सम्मका कुरा बाहिर आएका थिए ।
७. सबैले रुचाएको जोडी :
नेपाली चलचित्र जगतमा एकार्काको नाम जोडिएर आउनु सामान्य कुरा हो । धेरै सेलिब्रेटीहरुको नाम एकाअर्का संग जोडिएर आउँछ । हुन त नायिका पुजा शर्माको जोडी धेरै संग मिल्छ तर फ्यानहरुले भने उनको र आकाश श्रेष्ठको जोडी निकै रुचाएका छन् । पछिल्लो समय यो जोडीबिछ निकै निकटता भएको देखिन्छ । समाजिक संजालमा शेयर भएको तस्बिर र भिडियोहरुले यस्तै जनाउछ । पुजा र आकाशको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । आकाश र पुजाले एकसाथ धेरै भिडियोमा काम गरेका छन् । केही समय अगाडि पुजाले भनिन्–‘हामी एक अर्कासँग काम गर्न सहज महसुस गर्छौ । दर्शकले पनि हाम्रो जोडीलाई मन पराउनुभएको छ ।’