नेकपा एमालेका नेता एवम् प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका चौलागाईंको बुधबार विहान अन्त्येष्टि गरिएको हो । स्वर्गीय नेता चौलागाईंका श्रीमती, छोरा र दुुई छोरी छन् ।
अन्त्येष्टिमा गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, रचना खड्का, शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले चौलागाईंको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेकपा एमालेका अनुुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।
नेता चौलागाईँ दोलखा ख बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । चौलागाई दोस्रो संविधानसभामा संविधान सभा सदस्य थिए । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईं २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
नेकपा एमालेका नेता एवं प्रदेश सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको सीतापाइलास्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ निधन भएका उनको बुधबार बिहान अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिमा गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता–कार्यकर्ताहरूकाे उपस्थिति थियो ।
यसअघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।