शुक्रबार १७ चैत्र २०७९

नेकपा एमालेका असन्तुष्ट भनिएका बरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली फेरि एक भएका छन् । केही समय अघि पार्टीसँग मतभेद राख्दै आफू निकट सबै सांसद राजिनामा गराएर नेता नेपालले नेपाली कांग्रेसका शेरवहादुर देउवालाई प्रधानमन्त्री बन्ने वातावरण बनाइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुसी थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको पहलमा अचानक विहिवार एमालेको राजनीतिमा आकस्मिक परिवर्तन भयो । आफैले कारवाही गरेका माधव समुहका ४ मुख्य नेतालाई ओलीले अचानक विहिवार स्थायी कमिटी बैठक राखेर कारवाही फुकुवा गरिदिए ।

अब कुरा विग्रने भयो भन्ने ठानेर प्रचण्डले माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको? भनेका थिए । उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो? भनेर जिज्ञासा राखेका थिए ।

तर प्रचण्ड पुत्री तथा उनकी स्वीकीय सचिव गंगा दाहालले भने फरक स्टाटस लेखेकी छिन् । उनले ट्वीटरमा पार्टीहरु मिल्नु खुशीको कुरो भएको बताएकी छिन् । अझ यो कुरा प्रचण्डले भनेको उनले आफ्नो ट्वीटरमा उल्लेख गरेकी छिन् ।

गंगा दाहाल आफ्नो ट्वीटरमा लेख्छिन्, पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड ।

७९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया