बुधबार १५ चैत्र २०७९

काठमाडौँ । मान्छे निश्चित उमेरपछि बढ्न बन्द हुन्छ भन्ने गरिन्छ। तर विज्ञहरु यो कुरा मान्न तयार छैनन्। उनीहरु भन्छन् केही यस्ता एक्सरसाइज छन् । जो नियमित गर्ने हो भने शरीरको लम्बाई बढाउन मद्दत गर्दछ।

शरीरको लम्बाइ बढाउनका लागि सबैभन्दा उत्तम उपाय हो स्किपिङ। जसलाई हामी सामान्य भाषमा डोरी खेल्ने पनि भनिन्छ।

यसको माध्यामबाट शरीरमा रक्त संचार सही बनाइराख्छ जसले शरीरको हड्डीको लम्बाई बढाउन निरन्तर दबाब बनाउनेछ । यसका साथै बास्केटबल खेलले पनि शरीरको लम्बाइ बढाउन मद्दत गर्दछ।

शरीरको लम्बाइ बढाउने अर्को उत्तम उपाय हो पौडी । दैनिक २ घण्टा पौडी खेल्ने हो भने लम्बाई बढाउन काफी मद्दत पुग्ने विज्ञहरुको भनाई छ।

कोब्रा स्ट्रेच अर्को महत्वपूर्ण कसरत हो। यसका लागि जमिनमा उल्टो पल्टिएर हातलाई जमीनमा टेकाउनुपर्छ। यस दौरान हात तपाइको पेटको भागको नजिक हुनु आवश्यक छ।

फेरि शरीरको अगाडिको भाग विपरित दिशाामा स्ट्रेच गर्नुपर्छ। यसलाई कम्तीमा ३ देखि ४ पटक दोहोर्याउनुपर्छ।

सिटेड फरवार्ड बेड अर्को कसरत हो । यसमा भुईँमा बसेर दुवै खुट्टा अगाडि सिधा राख्नुपर्छ । त्यसपछि दुवै हात माथि राखि उठाउनुपर्छ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

६४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया