आइतबार ०६ आषाढ २०७८

काठमाडौ । नेपालमा विहिवार पनि कोरोना संक्रमितको संख्याले रेकर्ड बनाएको छ । निधन हुनेको संख्या पनि उकालो लागेको छ । नेपालमा विहिवार थप ८ हजार ९६० जनामा कोरोना भाइरस पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बिहीबार थप ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको हो।

गत २४ घण्टामा देशभर १९ हजार ४७४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोही अवधिमा देशका विभिन्न ठाउँमा ७७१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१४ संक्रमितको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ। यस्तै, सोही अवधिमा ८ हजार ९६० जना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा एकै दिन बिहीबार ३ हजार ५६२ जनामा कोरोना पुष्टि भएको छ। विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ५६२ संक्रमित थपिएका हुन्। आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार ७३३ छन्। यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया