सोमबार ३१ जेठ २०७८

शनिवारको एउटा बिहान मुम्बईका एक नेत्र शल्यचिकित्सक डा. अक्षय नायर तीन हप्ताअघि कोभिड-१९ बाट निको भएकी एकजना २५ वर्षीया महिलाको आँखामा शल्यक्रिया गर्ने प्रतीक्षामा थिए। अस्पतालको शल्यक्रिया कक्षमा ती डाइबेटिक बिरामीको एकजना नाक, कान, घाँटी विशेषज्ञ चिकित्सकले पहिले नै जाँच गरिरहेका थिए।

उनले नाकबाट एउटा नली पठाएर एक प्रकारको दुर्लभ तर खतरनाक ढुसी सङ्क्रमण म्युकोर्माइकोसिसबाट प्रभावित तन्तुहरू हटाइरहेका थिए।
ती विशेषज्ञले आफ्नो काम सकेपछि डा. नायरले ती महिलाको आँखा निकाल्ने काम गर्नेछन्। उनले भने,” मैले यी बिरामीको ज्यान जोगाउन उनको आँखा झिक्नुपर्नेछ। यो रोग यति विघ्न खतरनाक छ।”

भारतमा कोभिड-१९ को घातक दोस्रो लहर चर्कँदै गर्दा चिकित्सकहरूले ‘कालो ढुसी’ भनिने एउटा दुर्लभ प्रकृतिको सङक्रमण कोभिड-१९ बाट निको भएका बिरामीहरूमा बढ्दो रूपमा देखिएको बताइरहेका छन्।

यो उग्र प्रकृतिको सङ्क्रमणले बिरामीका नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई पनि असर गर्छ। ती विशेषज्ञले आफ्नो काम सकेपछि डा. नायरले ती महिलाको आँखा निकाल्ने काम गर्नेछन्। उनले भने,” मैले यी बिरामीको ज्यान जोगाउन उनको आँखा झिक्नुपर्नेछ। यो रोग यति विघ्न खतरनाक छ।”भारतमा कोभिड-१९ को घातक दोस्रो लहर चर्कँदै गर्दा चिकित्सकहरूले ‘कालो ढुसी’ भनिने एउटा दुर्लभ प्रकृतिको सङक्रमण कोभिड-१९ बाट निको भएका बिरामीहरूमा बढ्दो रूपमा देखिएको बताइरहेका छन्।

म्युकोर्माइकोसिस के हो?
यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने गर्दछ। डा. नायर भन्छन्, “म्युकोर’ जताततै हुन्छ। माटो एवं हावामा र स्वस्थ मानिसको नाक र खकारमा पनि यो हुन्छ।”

यसले साइनस, मस्तिष्क र फोक्सोमा असर गर्छ र यो प्राणघातक पनि हुनसक्छः विशेषगरी डाइबेटिक अथवा शरीरको रोगप्रतिरोधी क्षमतामा गम्भीर कमजोरी देखिएका क्यान्सर वा एचआईभी एड्सका बिरामीहरूका लागि। चिकित्सकहरूको विश्वासमा म्युकोर्माइकोसिस, जसको समग्र मृत्युकारक दर ५० प्रतिशत जति हुन्छ, स्टेरोइड ‌‌औषधिको प्रयोगका कारण देखापर्न थालेको हुनसक्छ।

कोभिड-१९ का गम्भीर अवस्थाका बिरामीलाई ज्यान जोगाउने औषधिका रूपमा हाल स्टेरोइडको पनि प्रयोग भइरहेको छ। स्टेरोइडहरूले कोभिड-१९ का बिरामीहरूको फोक्सोमा देखिने इन्फ्लामेशन अर्थात् सुजनलाई कम गर्छन् र तिनले शरीरको रोगप्रतिरोधी प्रणाली कोरोना भाइरससँग जुध्न अति सक्रिय अवस्थामा पुग्दा त्यसबाट पुग्नसक्ने केही क्षतिलाई रोक्न सघाउने देखिएको छ।

तर तिनले रोगप्रतिरोधी क्षमतालाई पनि कमजोर गराउँछन् र रगतमा चिनीको मात्रा, ब्लड सुगर लेभल, बढाउँछन्। यस्तो डाइबिटिज भएका वा डाइबिटिज नभएका दुवैथरी कोभिड-१९ का बिरामीहरूमा हुन्छ। यसरी रोगप्रतिरोधी क्षमतामा देखिने कमी नै म्युकोर्माइकोसिसको कारक हुनसक्ने ठानिएको छ।

“डाइबिटिजले शरीरको रोगविरुद्ध लड्ने क्षमतलाई कमजोर तुल्याउँछ, कोरोनाभाइरसले त्यो अवस्थालाई झन् खराब बनाउँछ र त्यसमा कोभिड-१९ सँग लड्न सघाउने स्टेरोइडले झन् आगोमा घ्यू थपेको जस्तो काम गर्छ,” डा नायर भन्छन्। भारतमा कोभिडको दोस्रो लहरको सबैभन्दा धेरै मार परेका शहरमध्ये एक मुम्बईमा कार्यरत डा. नायर भन्छन्, उनले एप्रिल महिनामा मात्रै उक्त ढुसीको सङ्क्रमण भएका चालिस जनाजति बिरामी हेरिसकेका छन्।

तीमध्ये धेरैजसो कोभिड-१९ बाट घरमै निको भएका डाइबेटिकहरू थिए जसमध्ये एघार जनाको शल्यक्रिया गरेर आँखा निकाल्न परेको थियो। गत डिसेम्बर र फेब्रअरी महिनाको बीचमा मुम्बई, ब्याङ्गलोर, हैदराबाद, दिल्ली र पुणेजस्ता पाँचवटा शहरस्थित उनका छजना सहकर्मीले ५८ जना उक्त सङ्क्रमणका बसरामी हेरेको बताएका छन्।

धेरैजसो बिरामीमा कोभिड-१९ बाट निको भएको १२ देखि १५ दिनभित्रमा उक्त ढुसीको सङ्क्रमण देखिएको थियो। मुम्बईको व्यस्तमध्ये एउटा साइअन अस्पतालमा गत दुई महिनामा उक्त सङ्क्रमणका २४ जना बिरामी आएका उक्त अस्पतालको नाक, कान, घाँटी विभागकी प्रमुख डा. रेणुका ब्राडूले बताइन्। गत वर्ष त्यो सङ्ख्या छ थियो।

तीमध्ये ११ जनाले एउटा आँखा गुमाउनुपरेको थियो भने छ जनाको ज्यान गएको थियो। उनका धेरैजसो बिरामी अधबैँसे उमेरका डाइबेटिकहरू थिए जो कोभिड-१९ बाट निको भएको दुई हप्तापछि सङ्क्रमणग्रस्त भएका थिए। दक्षिणी शहर बेङ्गलुरुका आँखा शल्यचिकित्सक डा. रघुराज हेगडेले पनि त्यस्तै अनुभव सुनाएका छन्। उनले गत दुई हप्तामा म्युकोर्माइकोसिसका १९ जना बिमी हेरेका छन् जसमध्ये धेरै युवा छन्।

चिकित्सकहरू भन्छन्, तिनीहरू गत वर्षको कोरोनाभाइरस महामारीको पहिलो लहरको दाँजोमा हालको दोस्रो लहरका बेला उक्त ढुसीको सङ्क्रमणको घातकपन र बढ्दो सङ्ख्या देखेर उनीहरू अचम्ममा परेका छन्। डा. नयार भन्छन्, गत दुई वर्षमा उनले मुम्बईमा दश जनाभन्दा बढी त्यस्ता बिरामीहरू हेर्नपरेको थिएन। “यो वर्ष अवस्था एकदमै भिन्न छ,” उनी भन्छन्।

बेङ्गलुरुमा डा. हेगडेले एक दशक लामो अनुभवमा वर्षमा एक वा दुईभन्दा बढी त्यस्ता बिरामी हेर्नुपरेको थिएन। कालो ढुसीको सङ्क्रमण भएका बिरामीहरूले नाक बन्द भएको र नाकबाट रगत आएको जस्ता लक्षणहरू बताउने गरेका छन्।

आँखा सुन्निने र दुख्ने; परेला लत्रने; आँखा धमिलो हुने र अन्त्यमा गएर आँखा नदेख्ने हुन्छ। नाकको वरपर छालामा कालो धब्बा पनि देखिन सक्छ। चिकित्सकहरू भन्छन्, केही बिरामीले दुवै आँखा गुमाएका छन्। उक्त सङ्क्रमणविरुद्ध एक मात्र प्रभावकारी उपचारका रूपमा देखिएको प्रक्रियामा एक प्रकारको ‘एन्टी फङ्गल इन्जेक्शन’ नसाबाट बिरामीलाई आठ हप्तासम्म हरेक दिन दिनुपर्छ।

उक्त औषधि एक मात्राको ४८ डलर अर्थात् ३५ सय भारतीय रुपैयाँ पर्छ। मुम्बईस्थित एकजना डाइबिटिज विज्ञ डा. राहुल बक्सी भन्छन्, “त्यस्तो ढुसी सङ्क्रमण हुन नदिने एउटा उपाय भनेको कोभिड-१९ को उपचार भइरहेका वा निको भएका बिरामीलाई स्टेरोइडहरू सही मात्रामा र सही अवधिसम्म मात्र प्रयोग गर्नु हो।”

उनी भन्छन्, उनले गत वर्ष कोभिड-१९ भएका ८०० जना डाइबेटिक बिरामीलाई हेरेका थिए र तीमध्ये कसैलाई पनि उक्त ढुसीको सङ्क्रमण भएको थिएन। “डाक्टरहरूले बिरामीहरूलाई अस्पतालबाट डिस्चार्ज गरेपछि पनि तिनीहरूको सुगर लेभलका बारेमा ध्यान दिइरहनुपर्छ,” डा. बक्सी भन्छन्।

भारतका एक वरिष्ठ अधिकारी भन्छन्, हाल उक्त सङ्क्रमणको ठूलो महामारी देखिएको छैन। तर भारतभरिबाट म्युकोर्माइकोसिसका बढ्दो बिरामीहरू देखिएका भन्ने विवरणको अभिलेख राखिएको छ कि छैन भनेर भन्न गाह्रो छ। डा. हेगडे भन्छन्, “भाइरसको नयाँ प्रकार एकदमै फैलिरहेको छ र त्यसले बिरामीहरूमा ब्लड सुगर लेभल उच्चबिन्दुमा पुर्‍याइरहेको छ। र, आश्चर्यजनक कुरा भनेको यो ढुसीको सङ्क्रमणले धेरै युवालाई असर गरिरहेको छ।” बीबीसी नेपाली

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया