आइतबार १९ चैत्र २०७९

यसै आवाज सुनेर युवा, वृद्ध, किशोर-किशोरी तथा बालबालिकाहरुसमेत सचेत भइरकेको दावी गरिएको छ। नेपाल टेलिकम र एनसेलमा कोभिड –१९ बारे सूचना दिने महिलाको को हुन् भन्ने धेरैको चासो हुनुसक्छ ।

नेपाल टेलिकमको फोनमा सुनिने आवाज पत्रकार अनिता विन्दुको हो भने एनसेलमा सुनिने आवाज गायिका सुवानी माेक्तानको हो । फोनमा यो सन्देश लकडाउन सुरुभएदेखि सुनिन थालेको हो । यसमा कोरोना भाइरसबाट कसरी जोगिने भन्ने सन्देश सुन्न पाइन्छ । बीबीसीबाट ।

खुशीको खबर, नेपालमा आज कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी, के नेपालमा कोरोना संक्रमणको दर घटेको हो ?

काठमाडौँ – शुक्रबार देशभर थप १ सय २० जना कोरोनाका बिरामीले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आजसम्म संक्रमणमुक्त हुनेको संख्या ८ हजार ११ जना पुगेको छ । त्यस्तै आज नेपालमा १ सय १८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

नेपालमा पछिल्ला दिनमा भारतबाट आउने मानिसहरुको संख्या घटेसँगै क्वारिन्टनमा बस्नेहरु कम भएका कारण पनि संक्रमितहरु कम संख्यामा फेला परेका हुन् । नेपालमा समुदायमा नै कोरोना संक्रमण पुष्टी भइसकेका कारण सर्तक रहन र सामाजिक दुरी कायम गर्न समेत स्वास्थ्य मन्त्रालयले पटक पटक आग्रह गरेको छ ।

२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया