पछिल्लो समय “मोमेरी किङ्ग” भनेर चिनिएका विजय शाही अहिले मिडियामा आएका छन्।
दुर्गम गाउमा जन्मेका विजय शाहीको प्रतिभा देखेर धेरै मानिसहरु अचम्म परेका थिए। उनको यो शक्ति देखेर धेरै मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका थिए।
धेरै मिडियाहरुमा विजय शाहीले आफ्नो प्रतिभा देखाएपछि उनि बिबादमा पनि परेका थिए। विजय शाही फेक हो , यसले सबै हेरेर भन्छ , नहेरिकन कसले भन्न सक्छ यसरि भनेर धेरै मानिसहरुले उनलाई गालि गरेका थिए।
बिबादपछि उनि आफ्नो प्रतिभालाई मिडियामा नदेखाउन भनि आफ्नो काम गरि रहेका थिए। अहिले भने काठमाडौँमा अफिस खोलि मानिसहरुलाई आफ्नो प्रतिभा सिकाएका छन्।
विजय संग उक्त प्रतिभा सिक्नको लागि धेरै मानिसहरु जाने गर्दछन्। उनले अहिले सम्म धेरै बिद्यार्थीहरु लाई उक्त पढ्ने तरिका सिकाएका छन्। उनलाई जसले जे भनेपनि आफ्नो बाटो कहिले नछोड्ने बताउछन्।