शनिबार ०५ आषाढ २०७८

काठमाडौ । निषेधाज्ञाको क्रममा एक युवक प्रेमिकाको कोठामा मृ त फेला परेपछि युवकको परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका छन् । जसको कोठामा युवक मृ त फेला परेका थिए ति युवतीलाई हिरासतमा पनि नलिएको भन्दै आफन्तले अनुसन्धानमा आशंका गरेका हुन् । श्रीमान वैदेशिक रोजगारीमा रहेका र केही वर्ष देखि श्रीमानसंग राम्रो सम्बन्ध नभएको युवतीले आफ्ना छोरालाई बारम्बार कोठामा बोलाइरहने गरेको युवकको आमाको भनाई छ । युवतीको एक सन्तान पनि रहेको आफुहरुले आफुहरुले थाहा पाएको बताए ।

आफुसंग पनि युवतीको बारम्बार कुरा भइरहेको र आफुलाई पनि युवतीले चेतावनी दिएको आमाको भनाई छ । मेरो भाई विरामी भएको छ छोरालाई पठाइदिनु भनेर बोलाएपछि छोरा मध्यरातमा युवतीको कोठामा गएको आमाको भनाई छ । दुई दिन साँझ घरवाट निस्किएको छोरा भोलीपल्ट मृत्यु भएको खबर सुन्दा आमा वे हो स भएकी छन् ।

तर अनुसन्धान पनि फितलो भएको भन्दै गुनासो गरेका छन् । आफ्नो छोरालाई युवतीले बारम्बार फोन गर्ने गरेको पनि आमाको भनाई छ । आमाले छोराको फोन उठाउँदा आमालाई समेत ध म्की दिएको बताएकी छन् । युवतीका कारणले नै छोराको मृत्यु भएको भन्दै आमाले घटना निश्पक्ष छानविनको माग गरेकी छन् । युवकको परिवारले ति युवतीलाई हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेका छन् ।

काठमाडौको नयाँ वजारमा भएको यो घटना रहस्यमय भन्दै स्थानियले पनि अनुसन्धान गर्नुपर्ने बताएका छन् । युवक युवतीको कोठामा झु ण्डि एको अवस्थामा फेला परेका थिए । तर पर्दा लगाउने हेंगरमा कसरी मानिसलाई धान्यो परिवारका सदस्यको भनाई छ ।

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया