आइतबार ०६ आषाढ २०७८

नेपाली सिनेमाका तीन चर्चित अनुहार अभिनेत्री पूजा शर्मा र आँचल शर्माका साथमा नायक आकाश श्रेष्ठ एउटै भिडिओमा देखिएका छन्। समिक्षा अधिकारी र रोशन अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकार एकै ठाउँमा देखिएका हुन्। भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन्।

यो गीतमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडिओ निर्देशक विधान कार्की हुन्। भिडिओमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ। डान्सिङ नम्बरको यस गीतको भिडिओ हाल ट्रेन्डिङमा छ। गीतको भिडिओ डिभाइन म्युजिकको युट्युब च्यानलबाट अपलोड गरिएको हो।

लोकसेवा आयोगको अध्यक्षमा पूर्व-सचिव रेग्मी सिफारिस : संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले रेग्मीलाई सिफारिस गरेको हो।

सिफारिस भएका रेग्मी कांग्रेसनिकट र झापा गौरादह निवासी हुन्। विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा सक्रिय रेग्मी लोक सेवा आयोगकै पूर्वसचिव हुन्। रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने मध्येका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्। सरकारी सेवामा रहदा सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव सँगालेका रेग्मी २०६८ साल साउन ११ गते सचिव बनेका थिए ।

सचिवको पाँच वर्ष कार्यकाल पूरा गरेर उनले ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाट अवकाश प्राप्त गरेका थिए । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ।​

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया