काठमाडौ । भारतमा अहिले दोस्रो लहरमा फैलिएको कोरोना सबैभन्दा बढी संक्रामक र खतरा रहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । भारतमा पहिलोपटक देखिएको कोरोनाको नयाँ प्रकार हाल विश्वमै सबैभन्दा बढी संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
डब्लुएचओले भारतमा फैलिएको कोरोनाका बारेमा विश्वलाई ध्यानाकर्षण गराएको छ । यसले थप खतरा निम्त्याउने भन्दै डब्लुएचओली विश्वलाई सचेत गराएको हो ।
आफ्नो प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट अन्य भेरियन्टभन्दा संक्रामक भएकाले यस विषयमा विश्वले ध्यान दिनुपर्ने डब्लूएचओको भनाइ छ। यो भेरियन्ट अहिले ३० देशमा फैलिसकेको पनि जानकारी दिइएको छ।
यसअघि बेलायती भेरियन्ट सुरुवातको कोरोना भाइरसभन्दा ७० गुणा संक्रामक भएको बताइएको थियो। यो बेलायती भन्दा पनि बढी संक्रामक भएको डब्लुएचओले जनाएको छ ।
बेलायती, ब्राजिल, दक्षिण अफ्रिका साथै यतिबेला आफ्नै देशमा देखिएको कोरोना भेरियन्टबाट भारत प्रताडित बनेको छ। भारतीय भेरियन्टले गम्भीर बिरामी बनाउने साथै उपचार तथा भ्याक्सिनको प्रभावकारीता कम गर्ने वैज्ञानिकहरुको भनाइ छ। बीबीसी