मंगलबार १२ आश्विन २०७८

ललितपुरको नख्खुदोबाटोमा जिपको ठ’क्करबाट एक किशोरीको मृ’त्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीय अन्जु दाहाल छिन् ।

आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा आज बिहान ६ बजे मृ’त्यु भएको प्रहरीले जनाएको छ । जिपसहित चालकलाई ललितपुर प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया