एजेन्सी । कोरोना महामारीको दोस्रो लहरले सबैलाई अत्याएको छ । त्यसवाट बच्न मानिसले अनेक उपाय अपनाइरहेका छन् । तर कतिपय उपाय यस्ता पनि छन् जसले कोरोनावाट जोगाउने होइन स्वास्थ्यमा उल्टै असर गर्छ । हालै भारतको गुजरातमा कोरोनावाट जोगिन भन्दै गाइको गोबर शरिरमा दल्ने र गहुँत खाने क्रम बढेको छ ।
वैज्ञानिक र चिकित्सकीय रुपमा प्रमाणीत नभएको यस्तो कार्यले स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै चिकित्सकले त्यसो नगर्न भनेका छन् । गोबर शरीरमा दल्नेहरुलाई भारतका चिकित्सकहरुले चेतावनी दिँदै अबदेखि शरीरमा गोबर नदल्न आग्रह गरेका छन्। कोरोना भाइरसबाट बच्न भन्दै भारतमा गोबर शरीरमा दल्नेको जमात बढेको छ।
चिकित्सकहरुले गोबरले कोरोनालाई रोक्छ भन्ने वैज्ञानिक प्रमाण नभएको बताउँदै शरीरमा गोबर दलिए छाला सम्बन्धी रोग लाग्नसक्ने चेतावनी दिएका हुन्। हाल भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो। यहाँ दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित थरिहँदा सोही अवधिमा ३ हजार बढीको ज्यान गइरहेको छ।
यसबीचमा हिन्दु धर्ममा आस्था राख्नेहरुले कोरोनाबाट जोगिन भन्दै गाईको गोबर शरीरमा दल्ने गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। शरीरको इम्युनिटी बढाउन भन्दै हप्तामा एक दिन गुजरातका मानिसहरुले गाईको गोठमा गएर गोबर, गहुत शरीरमा दल्न थालेपछि विज्ञहरुले अन्य रोग लाग्ने चेतावनी दिएका हुन्।