काठमाडौँ । अचेल हरेक व्यक्ति कपाल झर्ने समस्याबाट ग्रसित छन्। जति स्याहारसुसार वा सफा राखे पनि कपाल झर्ने, चायाँ पर्ने, टुक्रा टुक्रा हुने, हाँगा पलाउने वा पातलो हुँदै जाने जस्ता समस्याबाट प्रायः व्यक्ति हैरान नै छन्।
त्यसैले कपाल सम्बन्धि यी समस्याबाट छुटकारा पाउन मानिसहरु जस्तो सुकै महँगो हेयर केयरका सामग्री वा औषधी किन्न र प्रयोग गर्न तयार हुन्छन् । तर बजारमा पाइने यस्ता चीजहरु त्यति प्रभावकारी र प्राकृतिक हुँदैन, जसको कारण मानिसहरु झन् चिन्तित हुन्छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
आज हामी यस्तो घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले झरेर तक्लु नै भएको कपाललाई उमारेर केहि दिनमै घना बाक्लो, लामो, मुलायम र कालो बनाउन मद्धत गर्छ।
यसका लागि हामीलाई चाहिने सामग्रीहरुस् एलोवेरा ९घ्युकुमारी० जेल, नरिवलको तेल, अमलाको पाउडर र प्याज।
बनाउने विधिः सुरुमा एउटा प्याज लिएर यसलाई पिसेर पेस्ट बनाउने। प्याजको पेस्ट बनाईसकेपछी। एउटा सफा कचौरामा आधा चम्चा एलोवेरा जेल र लगभग एक चम्चा नरिवलको तेल राखेर मज्जाले मिसाउने।
यी दुई सामग्री मिसाईसकेपछी यसमा आधा चम्चा भन्दा अलि थोरै अमलाको पाउडर राखेर मिसाउने। त्यसपछि यसमा आधा चम्चा जति प्याजको पेस्ट राखेर यी सम्पूर्ण सामग्रीहरुलाई राम्ररी मिसाउने।
यसरी यो पेस्ट तयार भइसकेपछी।
लगाउने विधिः यस पेस्टलाई कपालको जरा र पुरै कपालमा लगाउनुहोस्। लगाईसकेपछी कम्तिमा पनि एक घण्टा सम्म कपालमा राख्नु होस्। १ घण्टा पछी कपाललाई राम्ररी धुनुहोस्।
नियमित रुपमा दिनको एकपटक यो विधि प्रयोग गर्नाले कपाल झर्नबाट रोक्नुका साथै तीब्र रुपमा लामो र बाक्लो हुन्छ।